LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

ज्नकपुरधाम । मधेश प्रदेशका पाँच जिल्लामा आज विहिवारदेखि हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ ।
प्रदेशमा धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा आजदेखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ । सप्तरी, सिरहा र पर्सा जिल्ला सो रोग मुक्त भएको छ ।
उतm अभियानको विहिवार जनकपुरधाममा उद्घाटन गर्दै मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले प्रदेशका पाँचवटा जिल्लामा रहेको हात्तीपाइले रोगको प्रभावलाई रोक्न सरकार तत्पर रहेको बताईन । मन्त्री साहले यस रोगलाई रोक्नका लागि स्वास्थ्यकर्मीहरु सजग हुनुपर्ने आवश्यकता रहेको बताइन् ।
मन्त्री साहले यस कार्यमा स्थानीय तहहरुलाई पनि समन्वय गरि प्रभावकारि रुपमा अभियान संचालन गर्न सरोकारवालासँग आग्रहा समेत गरिन ।
कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख युगल किशोर यादवले आजदेखि स्वास्थ्यकर्मीहरुले घर घरमा गएर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको बताए । स्वास्थ्यकर्मीहरू घरघरमा पुगेर ३ वर्षदेखि माथि उमेरका सबैलाई उचाइ, वजनअनुसार औषधि खुवाउने गरेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनसम्मका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने जानकारी दिए । आगामी चैत महिनामा घर–घरमा गएर म्यापिङ्ग गरि रोगको वास्तविक तथ्यांक संकलन गरिने उनले बताए ।

सम्बन्धित खबर