LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । पुर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चुरे दोहन र मधेशको शिक्षास्तर निकै कमजोर भएको प्रति चिन्ता व्यक्त गरेका छन ।
बिहीबारदेखि जनकपुरधामका सुरु भएको ‘जनकपुर साहित्य महोत्सव’को चौथौ संस्करको उद्घाटनलाई गर्दै पुर्व पुर्वराष्ट्रपति यादवले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कुनै समय जनकपुरधामको शिक्षाको गुणस्तरमा काठमाण्डौभन्दा राम्रो बताउदै पुर्व राष्ट्रपति डा.यादवले वर्तमानमा यहाँका शिक्षास्तर खस्किदै गएको बताए ।यहाँको शिक्षास्तरलाई उकास्न समाजिक स्तरबाट पहल हुनुपर्ने पुर्व राष्ट्रपति यादवको भनाई थियो ।
मधेशको लाईफलाईन मानिएको चुरेको दिनप्रति दिन दोहन बढ्दै गएको उल्लेख गर्दै पुर्व राष्ट्रपति डा. यादवले भने,‘ चुरे दोहनलाई समयमा नियन्त्रण गर्न सकिएन भने मधेश मरभुमिमा परिणत बढी वर्ष कुर्नु पर्दैन । त्यसकारण यसको यसको संरक्षणको लागि संघ, प्रदेश र स्थानीय तीन तहको सरकार बीच सहकार्य आवश्यक छ ।’
अर्को प्रशंगामा पुर्व राष्ट्रपति यादवले भने,‘ आफू चिकित्सक पेशामा भएपनि लोकतन्त्रको लागि जीवन सम्र्पण गरे, मुलुकमा लोकतन्त्र र गणतन्त्रको स्थापना पनि भयो । तर पनि कहिले काँहि डर लाग्छ, यो मुलुकमा लोकतन्त्र कसरी कायम रहन्छ भनेर ।’ अमेरिकाको २४० वर्ष इतिहासमा कसैले पनि लोकतन्त्रको घाँटी निमोट्ने काम गरेका छैनन् । तर, नेपालमा लोकतन्त्रको घाँटी निमोट्ने काम गरियो । त्यसैले युवा पुस्तालाई लोकतन्त्र बचाउन सक्रिय हुनु पर्छ ।’


पुर्व राष्ट्रपति यादवले देशमा आएको लोकतन्त्र ८ दशकको उपलब्धि रहेकोले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताउँदै आफ्नो सन्ततीको भविष्य सुरक्षित गर्न आग्रहसमेत गरे ।
महोत्सव १३ फाल्गुन सम्म संचालन हुने
आज विहिवारदेखि सुरु भएको ‘जनकपुर साहित्य महोत्सव’ १३ फाल्गुन सम्म संचालन हुने छ । महोत्सवको यो चौथो संस्कर हो । २०७६ सालमा पहिलो पटक जनकपुर साहित्य महोत्सव आयोजना गरिएको थियो ।
विगतको वर्षहरु भन्दा यस वर्षको महोत्सव पृथक रहेको आयोजक संस्था नव मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताए । उनले यस वर्षको महोत्सवमा स्थानीय विषयलाई बढी केन्द्रित गरिएको बताए ।
महोत्सवमा ‘समावेशिताः परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवा ः संस्कार र परिष्कार’, ‘सहिद दिलीप महतोके मोन पाडैत’, ‘सञ्जालको बवाल’, ‘राजनीति ः अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ लगायतका विभिन्न २० वटा शिर्षकहरुमा छलफल हुने उनले बताए ।

 

सम्बन्धित खबर