LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । काठमाडौं उपत्यकामा अबदेखि प्रतिघण्टा ५० किलोमिटरको गतिभन्दा बढीमा सवारी साधन चलाउन नपाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी यो नियम लागू गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको उक्त सूचनामा उल्लेख छ ।

उपत्यकाभित्र चक्रपथ (रिङ रोड)सँगै सर्भिस ट्रयाकका लागिसमेत गति सीमा तोकिएको छ । जसअनुसार कलङ्की–कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी कोटेश्वर–भक्तपुर सडकखण्डमा समेत प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ । तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारी साधन चलाउने चालकलाई उक्त ऐनअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ । रासस

सम्बन्धित खबर