LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम,  ।मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मन्त्रालयको अधिकांश बजेट वितरणमुखी रहेको बताएका छन् ।शुक्रबार आफ्नो ३० दिनको उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको रेडबुकमा अधिकांश योजना वितरणमुखी रहेको बताएका हुन् ।उनले भने, ‘अहिलेको रेडबुक हेर्नुस, त्यसमा भनिएको छ कृषि सडक, त्यसका लागि १५÷१५ लाख रुपैयाँ छुट्टयाइएको छ तर कति क्षेत्रफलमा बन्छ, चौडाई कति हुन्छ त्यो केही छैन् ।’यस्तै उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर समेत अधुरो रहेको बताए ।

उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर सिभिल वर्कको कपि पेस्ट रहेको आरोप लगाएका हुन्।उनले मन्त्रालयबाट तयार गरिएको डिपिआर टेक्निकली रुपमा डिपिआर नै नरहेको भन्दै उनले भने,‘मपनि एउटा इन्जिनियर छु, मपनि यसलाई अध्ययन गर्दैछु‍।डिपिआर भनेको त्यो प्रोजेक्टले कस्तो फाइदा दिन्छ, त्यो प्रोजेक्टको पुरा लेआउट हुनुपर्यो, सिभिल वर्क, पलम्बिङ्ग वर्क, डिटेल डिजाईन लगायतको थुप्रै कुरा चाहिन्छ तर यो एउटा कपी पेस्ट मात्र हो।’

मन्त्री कुशवाहाले मन्त्रालयबाट अधिकांश योजना अधुरो डिपिआरकै भरमा सञ्चालनमा रहेको समेत बताए। उनले त्यसता प्रोजेक्टलाई नरोक्ने तर त्यसलाई पुनः अध्ययन गरेर कसरी सही गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताए।यस्तै, उनले मधेश प्रदेशमा कृषकका लागि कम्तिमा ३ लाख मेट्रिक टन मलखाद्यको आवश्यकता रहेकोमा १ लाख मेट्रिक टन पाउने गरेकोमा अब यस आर्थिक वर्षदेखि अढाईलाख मेट्रिक टन पाउने व्यवस्था मिलाइएको बताए ।

सम्बन्धित खबर