LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम,  ।मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मन्त्रालयको अधिकांश बजेट वितरणमुखी रहेको बताएका छन् ।शुक्रबार आफ्नो ३० दिनको उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको रेडबुकमा अधिकांश योजना वितरणमुखी रहेको बताएका हुन् ।उनले भने, ‘अहिलेको रेडबुक हेर्नुस, त्यसमा भनिएको छ कृषि सडक, त्यसका लागि १५÷१५ लाख रुपैयाँ छुट्टयाइएको छ तर कति क्षेत्रफलमा बन्छ, चौडाई कति हुन्छ त्यो केही छैन् ।’यस्तै उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर समेत अधुरो रहेको बताए ।

उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर सिभिल वर्कको कपि पेस्ट रहेको आरोप लगाएका हुन्।उनले मन्त्रालयबाट तयार गरिएको डिपिआर टेक्निकली रुपमा डिपिआर नै नरहेको भन्दै उनले भने,‘मपनि एउटा इन्जिनियर छु, मपनि यसलाई अध्ययन गर्दैछु‍।डिपिआर भनेको त्यो प्रोजेक्टले कस्तो फाइदा दिन्छ, त्यो प्रोजेक्टको पुरा लेआउट हुनुपर्यो, सिभिल वर्क, पलम्बिङ्ग वर्क, डिटेल डिजाईन लगायतको थुप्रै कुरा चाहिन्छ तर यो एउटा कपी पेस्ट मात्र हो।’

मन्त्री कुशवाहाले मन्त्रालयबाट अधिकांश योजना अधुरो डिपिआरकै भरमा सञ्चालनमा रहेको समेत बताए। उनले त्यसता प्रोजेक्टलाई नरोक्ने तर त्यसलाई पुनः अध्ययन गरेर कसरी सही गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताए।यस्तै, उनले मधेश प्रदेशमा कृषकका लागि कम्तिमा ३ लाख मेट्रिक टन मलखाद्यको आवश्यकता रहेकोमा १ लाख मेट्रिक टन पाउने गरेकोमा अब यस आर्थिक वर्षदेखि अढाईलाख मेट्रिक टन पाउने व्यवस्था मिलाइएको बताए ।

सम्बन्धित खबर