LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिबाट बैंक सञ्चालक समितिको अध्यक्ष पदमा उनी नियुक्त भएका हुन् ।नवनियूक्त अध्यक्षले निजामति सेवामा लामो अवधिसम्म कार्यरत रहि राजस्व सचिवबाट गत साउन २४ गते अनिवार्य अवकास पाएका थिए । अध्यक्ष पुडासैनीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु  निलम ढुगांना तिम्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरागाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसमेतको उपस्थिति थियो ।अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ।

सम्बन्धित खबर