LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम, ।जनकपुरधाममा नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको हो ।बैठकले नेपाल भारतको सीमा क्षेत्रमा रहेको सीमा स्तम्भलाई अनुगन गरेर मर्मतसम्भार गर्नुपर्ने आवश्यक देखिएको खण्डमा मर्मतसम्भार गर्ने, लागुऔषधसहित अपराधिक क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए।

संयुक्त बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरू एक–आपसमा आदानप्रदान गर्ने निर्णय गरेको छ।बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो।यस्तै भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कुमार वर्मा, बिहार प्रहरी, एसएसबीलगायतका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो।

सम्बन्धित खबर