LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । धनुषा फेरि पनि प्रहरीको नियन्त्रणबाट एक अभियुक्त फरार भएको छ ।
बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया प्रहरीलाई चक्मा दिएर फरार भएको हो । धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा आईतवार साँझ मुखिया यदुकोहास्थि सडक खण्डमा पहरीकै भ्यानबाट हामफालेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
फरार भएको मुखियाको खोजी कार्य तिव्र रुपमा भईरेको उनले बताए । यस अघि महेन्द्रनगरस्थित प्रहरी नियन्त्रणमा रहेका ६ जना थुनुवा कक्षको पर्खाल तोडेर फरार भएको थियो । ति ६ अभियुक्त मध्ये दुई जना अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।

 

सम्बन्धित खबर