LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषा फेरि पनि प्रहरीको नियन्त्रणबाट एक अभियुक्त फरार भएको छ ।
बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया प्रहरीलाई चक्मा दिएर फरार भएको हो । धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा आईतवार साँझ मुखिया यदुकोहास्थि सडक खण्डमा पहरीकै भ्यानबाट हामफालेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
फरार भएको मुखियाको खोजी कार्य तिव्र रुपमा भईरेको उनले बताए । यस अघि महेन्द्रनगरस्थित प्रहरी नियन्त्रणमा रहेका ६ जना थुनुवा कक्षको पर्खाल तोडेर फरार भएको थियो । ति ६ अभियुक्त मध्ये दुई जना अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।

 

सम्बन्धित खबर