LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय व्यापार मेलामा आयोजक संस्थाले ४५ लाखको क्षति बहोरेको छ ।
गत फाल्गुन ५ गते देखि १४ गते चलेको सो मेलमा अनुमान गरिएको भन्दा कम कारोवार भएपछि आयोजक संस्था जनकपुर उद्योग वाणिज्य संघलाई ४५ लाखको क्षति भएको छ । आयोजकले मेलामा करोवारको लागि १५० वटा स्टल राखिएको थियो । तर मेलाको अवधिमा मात्रै ९० वटा स्टलमा व्यापारि प्रयोजनमा प्रयोग भएको र बाँकी स्टल खालि नै रहन गएकोले आफुहरुलाई संस्थागत रुपमा ४५ लाखको आर्थिक भार परेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । उनले मेला अवधिमा मात्रै ४ करोडको हाराहारिमा कारोवार भएको बताए ।
यो मेला स्तरको मेला जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको थियो, महासेठले भने,‘ हामीसँग बढी अनुभवहरु प्नि थिएन, प्रचार प्रसारको अभाव पनि रहियो, त्यसकारण सोजेको जस्तो कारोवार हुन सकेन । तर यो अनुभवले फेरिपनि यस्ता कार्यक्रम गर्न हौस्ला प्रदान गरेको छ ।’
स्थानीय उत्पादनलाई प्रचार प्रसारको माध्यमले अन्य ठाउँमा समेत चिनाउने उदेश्यले मेलाको आयोजना गरिएकोले नाफा घाटाभन्दा पनि आफुहरुको उेश्य पुरा भएको अध्यक्ष महासेठले बताए । मेलामा नेपालसहित भारत,पाकिस्तान र बंगलादेशका व्यापारिहरुले आफ्नो उत्पादनहरुलाई विक्रिको लागिको लागि स्टल राखेका थिए । मेलामा कपडाको बढी कारोवार भएको उनले बताए ।
मेलाको प्रवद्र्धन उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर क्षेत्र विकास परिषद रहेको थियो भने वितीय पार्टन सिटीजन बैंक रहेको थियो ।
मेलामा चार प्राङ्गग्रे सवारी सधानदेखि इलेक्ट्रोनिक समान,लाताकपडा,मोटरसाइकल, ट्रयाक्टर,इरिक्सा, इलेक्ट्रोनिक साईकल, मिथिला पेन्टिङ्गका समान तथा घरायसी समानहरु विक्रिवित्तरण भएको छ ।

सम्बन्धित खबर