
जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय व्यापार मेलामा आयोजक संस्थाले ४५ लाखको क्षति बहोरेको छ ।
गत फाल्गुन ५ गते देखि १४ गते चलेको सो मेलमा अनुमान गरिएको भन्दा कम कारोवार भएपछि आयोजक संस्था जनकपुर उद्योग वाणिज्य संघलाई ४५ लाखको क्षति भएको छ । आयोजकले मेलामा करोवारको लागि १५० वटा स्टल राखिएको थियो । तर मेलाको अवधिमा मात्रै ९० वटा स्टलमा व्यापारि प्रयोजनमा प्रयोग भएको र बाँकी स्टल खालि नै रहन गएकोले आफुहरुलाई संस्थागत रुपमा ४५ लाखको आर्थिक भार परेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । उनले मेला अवधिमा मात्रै ४ करोडको हाराहारिमा कारोवार भएको बताए ।
यो मेला स्तरको मेला जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको थियो, महासेठले भने,‘ हामीसँग बढी अनुभवहरु प्नि थिएन, प्रचार प्रसारको अभाव पनि रहियो, त्यसकारण सोजेको जस्तो कारोवार हुन सकेन । तर यो अनुभवले फेरिपनि यस्ता कार्यक्रम गर्न हौस्ला प्रदान गरेको छ ।’
स्थानीय उत्पादनलाई प्रचार प्रसारको माध्यमले अन्य ठाउँमा समेत चिनाउने उदेश्यले मेलाको आयोजना गरिएकोले नाफा घाटाभन्दा पनि आफुहरुको उेश्य पुरा भएको अध्यक्ष महासेठले बताए । मेलामा नेपालसहित भारत,पाकिस्तान र बंगलादेशका व्यापारिहरुले आफ्नो उत्पादनहरुलाई विक्रिको लागिको लागि स्टल राखेका थिए । मेलामा कपडाको बढी कारोवार भएको उनले बताए ।
मेलाको प्रवद्र्धन उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर क्षेत्र विकास परिषद रहेको थियो भने वितीय पार्टन सिटीजन बैंक रहेको थियो ।
मेलामा चार प्राङ्गग्रे सवारी सधानदेखि इलेक्ट्रोनिक समान,लाताकपडा,मोटरसाइकल, ट्रयाक्टर,इरिक्सा, इलेक्ट्रोनिक साईकल, मिथिला पेन्टिङ्गका समान तथा घरायसी समानहरु विक्रिवित्तरण भएको छ ।