LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको प्रस्ट पार्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको उल्लेख गरे । माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने उनको भनाइ छ ।

‘अरू पार्टीहरू त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएका हुन् । जनमत पार्टीका लागि त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन,’ उनले भने, ‘योभन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त रु सरकारमा सामेल भएका दलहरू फेरिएका हुन् । सरकार फेरिएको छैन । हामी त्यही भएर सरकारमा यथावत् छौँ ।’

अध्यक्ष राउतले नागरिकता विधेयक, बन्दीको रिहाइ र किसान आन्दोलनलगायतका आफ्नो पार्टीले उठाएको एजेन्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता हुन सक्ने प्रस्ट पारे ।

सम्बन्धित खबर