LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका ९ बिष्णु मन्दिर नजिक पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको स्कारपियो र विपरित दिशातर्फ जादै गरेको घोडा बोकेको बोलोरो पिकअप एक आपसमा ठक्कर खादा एक महिला सहित दुई जनाको मृत्युु भएको हो ।

स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका वडा नं। ३ बस्ने संजय चौधरीको श्रीमती ४५ वर्षिया राजकुमारी चौधरी तथा सोही ठाउँका ४० वर्षिय हरेराम साह हलुवाईको मृत्यु घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता, बोलोरो पिकअपमा रहेका २ वटा घोडा एउटा गाडीमा र एउटा उछिटिएर जमिनमा लडि घटना स्थलमा मृत्यु भएको छ भन्ने दुवै गाडिमा सवार तत्काल नाम थर वतन नखुलेको १२ जना घाईते समेत भएको सप्तरी प्रहरीले जनाएको छ ।

क्उयलकयचभम

घाइतेहरुको तत्काल उपचारको लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा पठाईएको तथा घटनास्थलमा ईलाका प्रहरी कार्यालय कन्चनपुरवाट खटिएको टोलिले उद्दार गरेको हो ।

घाइते १२ जनालाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि बिराटनगरतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं। ३ पोर्तहा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको भारतीय नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ ।

ठक्करबाट तत्काल नाम, थर, वतन नखुलेको ३५ बर्षिय एक पुरुष रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाईते भई उपचारकोलागि भारदह अस्पताल भारदह सप्तरीमा ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र कार चालक भारतको सुपोल जिल्ला भिमनगर बस्ने ४९ बर्षिय राहुल सिंह प्रहरी नियन्त्रणमा रहेको तथा घटनाको थप आवश्यक कानूनी प्रकृया जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित खबर