LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषाको राजदेवी मन्दिरबाट चाँदीका मुर्तिसहित गरगहना चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शनिवार पत्रकार सम्मेलन गरि मन्दिरबाट मुर्ति गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर बस्ने ३७ वर्षिय रजाक मोहमद, विदेह नगरपालिका –४ सुन्दरपुर बस्ने २९ वर्षिय मोहमद हबगुल्ला शाह, सोही स्थानका २२ वर्षिय नर्सुदिन शाह, ३० वर्षिय सरिफ मुसलमान र कमला नगरपालिका– ७ हथमुन्डाका २२ वर्षिय रमेश कुमार महतो छन् ।
क्षीरेश्वरनाथ नगरपालिका स्थित राजदेवी मन्दिरबाट गत फाल्गुन १४ गते राती उनीहरुले मन्दिरको ताला तोडेर भागवानको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर सामानहरू चोरि गरि फरार भएका थिए । उनीहरुलाई गएराति धनुषाको जनकनन्दनी गाउँपालिकाबाट पक्राउ गरेको थियो ।


प्रहरीले उनीहरुको साथबाट मुर्ती सहित चाँदीको पिढी २ किलो, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी २ किलो बरामद गरेको छ । पासपोर्ट थान–१, परीक्षा प्रबेश पत्र थान–१, तामाको मरअंकित बस्तु थाना–१, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान–१, पित्तलको गिलास थान–१, दियो थान–१, तामाको सानो सानो गिलासहरु, चरेशको थाल–७ थान, हम्मर थान–१, कमण्डल थान–१, नगद रुपैया ११ हजार ५ सय समेत बरामद गरिएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।
त्यसैगरि, डाका तथा चोरी घटनामा प्रयोग गरेका कटुवा पेस्तोल १, त्यसमा प्रयोग हुने गोली १ राउण्ड, मोवाइल थान १३ थान, खुकुरी चार थान, ह्याक्सो ब्लेड १ थान, फलामको छेनी थान–२, ठुलो फलाको घन–१, सलाई रिन्च–१, फलाको चारपाटे बस्तु, खुकुरी थान–१, खन्ती थान–१ वटा समेत बरमद गरिएको उनले बताए ।

सम्बन्धित खबर