LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । बारामा बसमा किचिएर एक जनाको मृत्यु भएको छ ।
बाराको निजगढ नगरपालिका–८ बस्ने ५० वर्षीय मजिद मियाको आईतावर दिउँसो बसमा किचिएर मृत्यु भएको हो । वीरगञ्जबाट विराटनगरतर्फ आउदै गरेको को १ ख ५७०० नम्बरको बस निजगढ स्थित बुद्धचोकमा ब्याक गर्ने क्रममा मियालाइए बसले ठक्कर दिएको थियो । बसको ठकरबाट गम्भिर घाईते भएका मियालाई उपचारको लागि गण्डक अस्पतालमा उपचारको लागि भर्ना गराउन नपाउदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।
यता, प्रहरीले बस चालक सिरहा सुखीपुर नगरपालिका–८का ४२ वर्षीय ललन कुमार दासलाई घटनाको अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर