LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

ज्नकपुरधाम । १५ दिने मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत आज अन्तरगृह परिक्रमा पश्चात सम्पन्न हुदै छ ।
मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका छन् । मंगलवार विहान १ वजेदेखि नै तिर्थालु तथा श्रद्धालुको अन्तरगृहम परिक्रममा गरिहेका छन् । परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहि आएको छ । परिक्रमा सकिएपछि यसमा सहभागि भएका लाखौ श्रद्धालुहरु आ आफ्ना गन्तव्य तर्फ लाग्न थालेका छन् ।
फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका स्थित मिथिलाविहारी मन्दिरबाट परिक्रमा सुरु भएको थियो । मिथिला बिहारी (रामजानकी) को डोला जनकपुर ल्याएपछि विभिन्न मठमन्दिरका डोला समाहित भएर परिक्रमा प्रारम्भ हुने गर्दछ । फागु पूर्णिमा आर्थात अजकै दिन जनकपुरको अन्तर गृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ ।


परिक्रममा यस वर्ष पनि लाखौं संख्यामा श्रद्धालुभक्तजनहरु सहभागि भएका छन् । रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । परिक्रमा धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ । अन्तरगृह परिक्रमा सम्पन्न भएपछि यस क्षेत्रमा भोलि होलि पर्व मनाइने छ ।

सम्बन्धित खबर