LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । इस्लाम धर्मावलम्बीले आज मंगलवार राति ‘सब–ए–बारात’ पर्व धुमधामका साथ मनाउदै छ ।
इस्लाम धर्मावलम्बीहरुले ‘सब–ए–बारात’मा रातभर जाग्राम बसेर सामुहिक नमाज पढ्ने, कुरयान खानि, फतिहा गराउने तथा कब्रिस्तान(चेहानस्थल)मा गएर मृत्यु भएका आफ्ना आफन्त तथा नजिकको लागि दुवा प्रर्थाना गर्ने गर्छन् ।
‘सब–ए–बारात’को १० दिन अघि देखि मुस्लिम सामुदायका व्यक्तिहरुले घरको सरसफाई देखि कब्रिस्तानको सरसफाई गर्ने गर्छन् । ‘सब–ए–बारात’को राति चाना, सुचिसहितका बलुवा बनाई फतिहा गराउने चलन छन् । त्यसैगरि, धार्मिक गुरुहरुलाई घरमा बोलाई कुरयान खानि( कुरयान पढाउने), मिलाद गर्ने, गरिब विपन्नहरुलाई घरमा बोलाई मिठो परिकार खुवाउने तथा उनीहरुलाई दानदक्षिण दिने गर्छन् ।


‘सब–ए–बारात’मा रातभरि जाग्राम बसेर धार्मिक क्रियाकलाप गरेको खण्डमा अल्लाह खुसि हुने र व्यक्तिले चिताएको कुरा अल्लाह पुरा गर्ने तथा विगतका गरेका पापहरुको अल्लाहले माफि गरिने दिने जन विश्वास गरेको इस्लामिक धार्मिक गुरु मोफ्ति उसमान बरकातिले बताए ।
जनकपुरधामका समाजसेवि तथा युवा नेता ईदमोहम्मद साफी(जानी खान)ले भने,‘ ‘सब–ए–बारात’ भनेको ईबादत( धर्मकर्म) को राति हो, यो राति मान्छेले जति धर्म गर्छन, तो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउछन् । त्यसैले यसलाई मुस्लिम सामुदायले ‘सब–ए–बारात’लाई धुमधामका साथ मनाउने गर्छन् । ‘सब–ए–बारात’को सम्पन्न भएको १५ दिन पछि रामजान पर्व सुरु हुने उनले बताए । ‘सब–ए–बारात’को भोलि पल्ट मुस्लिम सामुदायले रोज समेत बस्ने गर्छन ।

 

सम्बन्धित खबर