LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८  मतभार पाए ।  पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१ प्रतिशतभन्दा धेरै हो । त्यसैले पौडेल पहिलो चरणबाटै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पाैडेलले संघीय संसदका २१४ सांसदले मतदान गरे । जसकाे मतभार १६,९०६ हुन्छ । यस्तै उनलाई ३५२ प्रदेश सांसदले मतदान गरे । जसकाे मतभार १६८९६ हुन्छ ।

यस्तै नेम्वाङलाई संघीय संसदका ९८ सांसदले मतदान गरेका छन् । यसकाे मतभार ७,७४२ हुन्छ । यस्तै उनलाई प्रदेशसभाका १६२ सांसदले मतदान गरेका छन् । यसकाे मतभार ७,७७६ हुन्छ । यस्तै पाँच मत बदर भएकाे छ ।

पौडेल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा उम्मेदवार बनेका थिए । एमालेका नेम्वाङलाई आफ्नो दलको मात्रै समर्थन थियो ।

सम्बन्धित खबर