LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । जनकपुरधाम । मिटरब्याजी पीडितहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
पिडितहरुले विहिवार स्थानीय रामानन्द चोकबाट विरोध जुलुस प्रर्दशन गर्दै जानकी चोक, राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरिया हुदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडी प्रदर्शन गरेको छ । यस अघि गत फाल्गुन १८ गते पनि पिडितहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो ।
ऋण मिनाहा, सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पति फिर्ता गर्, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गर लगायतका नाराहरू लेखिएको प्लेय कार्डा सहित उनीहरुले प्रदर्शन गरेका छन् ।
महिला समुह गठन गर्ने र बिनाधितो ऋण दिने भनेर प्रलोभन देखाई बचतको नाममा लघुवित संस्थाहरुले रकम लुटेर आफू मोटाउने र गरिव विपन्नलाई उठिवास लगाउने गरेको उनीहरुको भनाई छ । ऋण दिने वेलामा न्युन्तम ब्याज लाग्ने र पछि त्यही पैसाको ३६ प्रतिशत सम्म ब्याज संचालकहरुले असुल्ने गरेको उनीहरुको भनाई छ ।
विपन्न नागरिकको जीवन स्तर उकास्न भन्दै विना धितो समुहको जमानतमा ऋण दिने र पछि राष्ट्रबैंकले तोकेको भन्दा फरक गरी विभिन्न शीर्षकमा मोटो रकम असुल्ने गरेको मिटरब्याजी विरुद्धको संघर्ष समिति नेपालका सदस्य संघर्ष दाहालले आरोप लगाए । मिटरब्याजी तथा लघुवित्त वित्तीय संस्थाहरू ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार सुरुमै लिने र ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेको उनले दुखेसो पोखे । आफुहरुको समस्याप्रति सरकार गम्भिर नदेखिएकोले आन्दोलन गर्न वाध्य भएको उनले बताए ।

सम्बन्धित खबर