LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलालाई उम्मेदवार बनाउनुपन धारणा सार्वजनिक गरेलगतै जनमत पार्टीले महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको जनमत पार्टीको केन्द्रिय कार्यसमितिको वैठकले पार्टीका सप्तरी इन्चार्ज ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रिय कार्यकरणि समितिको वैठकले सर्वसहमत रुपमा ४७ वर्षिय ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका केन्द्रिय सदस्य विपी साहले जानकारि दिए ।
साहले सत्तारुढ गठबन्धन दलको तर्फबाट झाले उम्मेदवारि दिने बताए । सत्तारुढ गठबन्धन दलमा अहिले सम्म उपराष्ट्रपतिको टुंगो नलागेको उल्लेख गर्दै नेता साहले भने,‘ ८ दलिय गठबन्धन दलमा उपराष्ट्रपति जनमत पार्टीले पाउनु पर्ने बताउदै उनले भने,‘ राष्ट्रपति काँग्रेसले पाए, माओवादी केन्द्रले प्रधानमन्त्री, जसपाले मधेश प्रदेशका मुख्यमन्त्री पाएपछि जनमत पार्टीले उपराष्ट्रपतिमा स्वाभाविक दावि गर्ने हो, त्यसकारण पार्टीले झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।’
यता, जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले ८ दलिय गठबन्धनमा जसपाले नै उपराष्ट्रपति पाउने निर्णय भईसकेको र आफ्नो पार्टीबाट उपराष्ट्रपतिमा रामसहाय यादव जिलाई निर्णय गरिसकेको बताए । जनमत पार्टीले उम्मेदवार बनाएपनि त्यो गठबन्धन दलको उम्मेदवार नहुने उनले दावि गरे ।

 

 

सम्बन्धित खबर