LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम । गर्मियाम सुरु भएसँगै तराई मधेशमा आलगिका घटनाहरु हुन थालेको छ । शनिवार मात्रै महोत्तरि भान्सा घरमा बालेको चुल्होबाट आगो सल्केर आगलागी हुँदा जलेर दुई जना घाईते भएका छन् भने घरमा लाखौ मुल्य बराबरको धनमाल जलेर क्षति भएको छ ।
जिल्लाको बलवा नगरपालिका–४ परौल टोल स्थितमा बस्ने रामसागर यादवको खपडाको छानो, बाँसको टाटिले बेरिएको कच्ची भान्सा घरमा बालेको चुल्होबाट अचानक आगो सल्कन गई आगलागी हुँदा ५२ वर्षीय जयकरण यादव र ५० वर्षीय चन्दर देवी घाईते भएको छ । उनको उपचारको जनकपुरधाम स्थित प्रादेशिक अस्पताल जनकपुरधाममा सम्भव नभएपछि थप उपचारको लाथि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरिका प्रहरी निरीक्षक सरोज कुमार राईले जानकारि दिए । उनले आगलगिबाट घरमा समेत क्षति भएको बताए ।
त्यसैगरि, सप्तरीको तिरहुत गाउपालिकाको लोहजरामा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
थानीय राम किसुन मैरता यादवको घरमा बिजुलिको तार सर्ट भई अचानक आगलागि हुँदा झन्डै ४० लाख ९९ हजार मूल्य बराबरको क्षति भएको हो । यादवको घरसँगै टासिएका छिमेकी देव नारायण ठाकुर,सत्यनारयण ठाकुरको घरमा समेत आगोले क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित खबर