
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी ९राराब० क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराब क्याम्पसको सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्याथी संघको तर्फबाट प्रशान्त झाको सभापतित्वमा प्यानलसहित, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादवको सभापतित्वमा प्यानलसहित र पाँचदलीय गठबन्धन गरेर संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवको सभापतित्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराइएको हो ।
पाँचदलीय गठबन्धनमा जसपा नेपाल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राप्रपा निकटका विद्यार्थी संगठन रहेका छन् ।
यसैगरी जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिनको नेतृत्वमा प्यानलसहित, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
राराब क्याम्पसको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिक तर्फबाट निर्वाचित हुनेछन् ।