LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम । वाइसिएल नेपाल मधेश प्रदेश समितिले विभिन्न ५ सुत्रियसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले मंगलवार मधेशका मुख्यमन्त्री सरोज कुमार यादव मार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई उक्त ज्ञापन पत्र बुझाएको छ ।
वाइसीएल नेपाल मधेस प्रदेशको इन्चार्ज अनिलकुमार पासवानको नेतृत्वमा मुख्यमन्त्री यादवलाई ज्ञापन पत्रमा विगतका विभिन्न आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध षडयन्त्र बढी रहेकोले त्यसलाई नियन्त्रण गरि वर्तमान व्यवस्थालाई सब्बल र मजगुत बनाउनुपर्ने माग गरिएको छ ।
त्यसैगरि, शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण गर्नु पर्ने, देश अर्थतन्त्रको चरम संकटमा परिरहेका बेला वित्तिय संघ संस्थालाई निगरानि गरि अर्थतन्त्र मजबुत बनाउनु पर्ने र सरकारका विभिन्न निकायहरुमा भइहेको भ्रष्टाचार, घुसखोरी र अनियमितता नियन्त्रण गरि नेपाली जनताले प्रत्याभुति गर्ने कार्य सम्पदान गर्नपर्ने वाईसिएलले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

सम्बन्धित खबर