LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । वाइसिएल नेपाल मधेश प्रदेश समितिले विभिन्न ५ सुत्रियसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले मंगलवार मधेशका मुख्यमन्त्री सरोज कुमार यादव मार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई उक्त ज्ञापन पत्र बुझाएको छ ।
वाइसीएल नेपाल मधेस प्रदेशको इन्चार्ज अनिलकुमार पासवानको नेतृत्वमा मुख्यमन्त्री यादवलाई ज्ञापन पत्रमा विगतका विभिन्न आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध षडयन्त्र बढी रहेकोले त्यसलाई नियन्त्रण गरि वर्तमान व्यवस्थालाई सब्बल र मजगुत बनाउनुपर्ने माग गरिएको छ ।
त्यसैगरि, शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण गर्नु पर्ने, देश अर्थतन्त्रको चरम संकटमा परिरहेका बेला वित्तिय संघ संस्थालाई निगरानि गरि अर्थतन्त्र मजबुत बनाउनु पर्ने र सरकारका विभिन्न निकायहरुमा भइहेको भ्रष्टाचार, घुसखोरी र अनियमितता नियन्त्रण गरि नेपाली जनताले प्रत्याभुति गर्ने कार्य सम्पदान गर्नपर्ने वाईसिएलले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

सम्बन्धित खबर