LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाण्डौ । घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टुअर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो ।

३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डीएल नियमअनुसार ९ रनले विजयी भएको हो ।

यूएईलाई पराजित गरेसँगै नेपाल लिग टु को शीर्ष तीनमा परेर विश्वकप छनोटमा सिधै प्रवेश गरेको हो ।

नेपालका लागि गुल्सन झाले ५० र दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । त्यस्तै, भीम शार्कीले ६७ रन बनाए । उनले ७६ बलमा ९ चौका प्रहार गरे । आरिफ शेखले ६२ बलमा दुई चौका प्रहार गर्दै ५२ रन बनाए । कुशल भुर्तेलले पनि अर्धशतक बनाए । उनले ३५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रन बनाए । कप्तान रोहितकुमार पौडेलले २५ बलमा तीन चौका प्रहार गर्दै २६ रन बनाए ।

बलिङतर्फ यूएईका जुनाइद सिद्धिकले तीन र आयन अफ्जल खानले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पायो । यूएईका लागि भ्रित्या अरभिन्दले र आसिफ खानले विष्फोटक ब्याटिङ गर्दै टिमलाई उकासे । आसिफ र भ्रित्याले १३५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । आसिफ खानले ४१ बलमा ११ छक्का र चार चौका प्रहार गर्दै १०१ रन बनाएर अविजित रहे । त्यस्तै, अरभिन्द ९४ रन मा आउट भए । अरभिन्दले १३८ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, यूएईका कप्तान मोहम्मद वासिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । रोहन मुस्तफाले २०, सीपी रिजवानले सात, आर्यन लाक्राले ६ र आयन अफ्जल खानले तीन रन बनाए ।

ग्लष्नदिभ द्यद्यब्म्ब्ख्
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए । दीपेन्द्रले आठ ओभरमा दुई मेडन ओभर राखेर १९ रन खर्चिएर दुई विकेट लिएका हुन् । ललितले १० ओभरमा २७ रन खर्चिएर एक विकेट लिएका हुन् । सन्दीपले १० ओभरमा ८० रन खर्चिए । उनी सर्वाधिक रन खर्चिने नेपाली बलर बने । सोमपालले ९ ओभरमा एक मेडन ओभर राख्दै ७४ रन खर्चिए ।

प्लेअफमा नामिबिया
नेपालसँग यूएई पराजित भएसँगै नामिबिया प्लेअफमा झरेको छ । नेपालभन्दा पछि पर्दै नामिबिया प्लेअफमा पुगेको हो ।

यदी नेपालविरुद्ध यूएईले जित निकालेकोे भए नामिबिया लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाउने थियो । नेपालले ३६ खेलबाट ४० अंक बनाएर लिग टुमा शीर्ष तीनमा आफ्नो यात्रालाई टुंग्यायो । यता, चौथो बनेको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक हुँदा चौथो स्थानमा रहेको यूएईको ३६ खेलबाट ३३ अंक हुँदा पुछारमा रहेको पपुवा न्युगिनीको ३६ खेलबाट ११ अंक छ ।

यता, लिग टु च्याम्पियन बनेको स्कटल्यान्डको ३६ खेलबाट ५० अंक हुँदा दोस्रो बनेको ओमानको ३६ खेलबाट ४४ अंक छ ।

लिग टुबाट स्कटल्यान्ड, ओमान र नेपाल विश्वकप छनोटमा सिधै प्रवेश गरेका छन् । यता, अमेरिका, नामिबिया, यूएई र पपुवा न्युगिनी भने विश्वकप छनोटको प्लेअफमा झरेका छन् ।

सम्बन्धित खबर