LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा युएई विरुद्ध नेपालले शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।
विश्वकप छनौट प्रतियोगितामा नेपालले गौरवपुर्ण जीत हासिल गरेको भन्दै मुख्यमन्त्री यादवले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका हुन् । नेपाललाई विश्वकपमा स्थान दिलाउने खेलाडि मधेश प्रदेश प्रदेशका मुख्य खेलाडि आरिफ शेष र गुलशन झालाई मुख्यमन्त्री यादवले विश्वेष धन्यवाद दिदै दुई जनालाई जनहि नगद दुई लाखको दरले प्रदान गर्ने घोषणा गरेका छन् ।
दुई खेलाडिले मधेश प्रदेशको मान बढाएकोमा मुख्यमन्त्री यादवले दुई खेलाडिलाई प्रोत्सान स्वरुप दुई लाखको दरले नगद प्रदान गर्ने घोषणा गरेको मुख्ययन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

सम्बन्धित खबर