LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

सर्लाहीमा बालिका बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै हरिवन ९ दनुवारीका बासिन्दा आन्दोलनमा उत्रिएका छन्।एक साताअघि स्थानीय ५५ वर्षीय नारायण गौतमले गाउँकै ११ वर्षीया बालिकालाई बलात्कार गरेको तरपनि प्रहरीले गौतमलाई पक्राउ नगरेको पीडित पक्षको गुनासो छ।यता, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले घटना सार्वजनिक हुनासाथ गौतम फरार भएकाले पक्राउ गर्न नसकिएको बताए ।बलात्कार आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गर्दै पीडित पक्ष र स्थानीय बासिन्दाले बुधबार र बिहीबार दुई दिन नयाँरोडस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजामसमेत गरेका छन ।गत फागुन २५ गते गौतमले गाउँकै ११ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोप छ।बुधबार दिउँसो स्थानीयले नयाँरोडमा गरेको चक्काजाममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतसमेत पुगेका थिए।उनीहरुले जतिसक्दो चाँडो आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएपछि स्थानीयले चक्काजाम स्थगन गरेका छन्।पीडित पक्षले भने गौतमलाई राजनीतिक संरक्षण दिएर जोगाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

सम्बन्धित खबर