LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

सर्लाहीमा बालिका बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै हरिवन ९ दनुवारीका बासिन्दा आन्दोलनमा उत्रिएका छन्।एक साताअघि स्थानीय ५५ वर्षीय नारायण गौतमले गाउँकै ११ वर्षीया बालिकालाई बलात्कार गरेको तरपनि प्रहरीले गौतमलाई पक्राउ नगरेको पीडित पक्षको गुनासो छ।यता, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले घटना सार्वजनिक हुनासाथ गौतम फरार भएकाले पक्राउ गर्न नसकिएको बताए ।बलात्कार आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गर्दै पीडित पक्ष र स्थानीय बासिन्दाले बुधबार र बिहीबार दुई दिन नयाँरोडस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजामसमेत गरेका छन ।गत फागुन २५ गते गौतमले गाउँकै ११ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोप छ।बुधबार दिउँसो स्थानीयले नयाँरोडमा गरेको चक्काजाममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतसमेत पुगेका थिए।उनीहरुले जतिसक्दो चाँडो आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएपछि स्थानीयले चक्काजाम स्थगन गरेका छन्।पीडित पक्षले भने गौतमलाई राजनीतिक संरक्षण दिएर जोगाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

सम्बन्धित खबर