LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

काठमाडौं । निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ ।राष्ट्रपति भवन शितल निवासमा एक समारोहका बीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।सो क्रममा राष्ट्रपति पौडेलले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताएका छन् ।

उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए । त्यस क्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशम्सेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर