LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जनकपुरधामले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार धान खरीद गर्न सकेको छैन । चालू आर्थिक वर्षमा १५ हजार क्वीन्टल धान खरीद गर्न लक्ष्य रहे पनि कम्पनीले फागुन अन्तिमसम्ममा ९६४ दशमलव २५ क्वीन्टल धान मात्र खरीद गरेको छ । चालू आर्थिक वर्र्षमा ३० लाख १६ हजार १ सय ७४ रुपैयाँ बराबरको धान खरीद गर्ने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जनकपुरका सूचना अधिकारी रामपुकार मण्डलले बताए । यस वर्ष लक्ष्यअनुसार धान खरीद गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिकिसान कम्तीमा १० क्वीन्टल धान खरीद गर्नुपर्ने कृषि ज्ञान केन्द्रको निर्णय भएकाले निम्न वर्गका किसानको धान खरीद गर्न नसकिएको मण्डलले बताए । किसानसँग धान खरीद गर्दा बैंक खाता, कम्तीमा एक बिघा १० कठ्ठाको लालपुर्जा हुनुपर्ने लगायत प्रक्रियाका कारण पनि किसानहरू कम्पनीमा धान बेच्न आउन नसकेको उनको भनाइ छ । ‘कतिपय किसानले अरूको जमीनमा धानखेती गर्ने गरेकाले प्रक्रिया पुर्‍याउन नसक्दा उनीहरूले कम्पनीमा धान बेच्न पाएका छैनन्,’ उनले भने ।

सम्बन्धित खबर