LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जनकपुरधामले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार धान खरीद गर्न सकेको छैन । चालू आर्थिक वर्षमा १५ हजार क्वीन्टल धान खरीद गर्न लक्ष्य रहे पनि कम्पनीले फागुन अन्तिमसम्ममा ९६४ दशमलव २५ क्वीन्टल धान मात्र खरीद गरेको छ । चालू आर्थिक वर्र्षमा ३० लाख १६ हजार १ सय ७४ रुपैयाँ बराबरको धान खरीद गर्ने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जनकपुरका सूचना अधिकारी रामपुकार मण्डलले बताए । यस वर्ष लक्ष्यअनुसार धान खरीद गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिकिसान कम्तीमा १० क्वीन्टल धान खरीद गर्नुपर्ने कृषि ज्ञान केन्द्रको निर्णय भएकाले निम्न वर्गका किसानको धान खरीद गर्न नसकिएको मण्डलले बताए । किसानसँग धान खरीद गर्दा बैंक खाता, कम्तीमा एक बिघा १० कठ्ठाको लालपुर्जा हुनुपर्ने लगायत प्रक्रियाका कारण पनि किसानहरू कम्पनीमा धान बेच्न आउन नसकेको उनको भनाइ छ । ‘कतिपय किसानले अरूको जमीनमा धानखेती गर्ने गरेकाले प्रक्रिया पुर्‍याउन नसक्दा उनीहरूले कम्पनीमा धान बेच्न पाएका छैनन्,’ उनले भने ।

सम्बन्धित खबर