LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । त्रिभुवन विश्व विद्यालय अन्तर्गत जनकपुरधाममा रहेका रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार मनिषकुमार यादव निर्वाचित भएका छन् ।
नेविसंघबाट सभापतिका उम्मेदवार यादवले १ हजार १सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत मात्र ल्याउन सकेका थिए ।
त्यसैगरि, पाँचदलीय गठबन्धनबाट संयुक्त विद्यार्थी गठबन्धनका उम्मेदवार गौतम यादव चोरवारले ३८३ मत, विद्यार्थी जनमत संघका उम्मेदवार मो. इजाज मोमिनले १६७ मत, राष्ट्रिय विद्यार्थी परिषदका उम्मेदवार अभिशेक साहले ४० र स्वतन्त्र विद्यार्थी समूहबाट सभापतिमा उम्मेदवारि दिएका कन्हैया कुमार पासवानले मात्र ३ मत ल्याएका हुन् ।
त्यसैगरि, सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साहले ९२६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जितकुमार मण्डलले ८०९ मत पाएका छन् । कोषाध्यक्षमा नेविसंघका राकेश कुमार सिंह ९९८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अजय कुमार पण्डितले ८२६ मत मात्र ल्याएका हुन् ।
त्यसैगरि, सदस्यहरूमा नेविसंघका रोशनी कर्ण (१००८), सोनु झा (१००४), मुन्ना कुमार प्रधान (९९९), जितेन्द्र यादव (९८९), विकास कुमार साह (९८१), नविन कुसियैत यादव (९७८), दीपेन्द्र महतो (९७६) र अभिशेक शर्माले (९७०) मत ल्याएर निर्वाचित भएका छन् ।
स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना र समानुपातिकबाट १० जना निर्वाचित भएर चुनिएका छन् । राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए ।

 

सम्बन्धित खबर