LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । त्रिभुवन विश्व विद्यालय अन्तर्गत जनकपुरधाममा रहेका रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार मनिषकुमार यादव निर्वाचित भएका छन् ।
नेविसंघबाट सभापतिका उम्मेदवार यादवले १ हजार १सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत मात्र ल्याउन सकेका थिए ।
त्यसैगरि, पाँचदलीय गठबन्धनबाट संयुक्त विद्यार्थी गठबन्धनका उम्मेदवार गौतम यादव चोरवारले ३८३ मत, विद्यार्थी जनमत संघका उम्मेदवार मो. इजाज मोमिनले १६७ मत, राष्ट्रिय विद्यार्थी परिषदका उम्मेदवार अभिशेक साहले ४० र स्वतन्त्र विद्यार्थी समूहबाट सभापतिमा उम्मेदवारि दिएका कन्हैया कुमार पासवानले मात्र ३ मत ल्याएका हुन् ।
त्यसैगरि, सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साहले ९२६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जितकुमार मण्डलले ८०९ मत पाएका छन् । कोषाध्यक्षमा नेविसंघका राकेश कुमार सिंह ९९८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अजय कुमार पण्डितले ८२६ मत मात्र ल्याएका हुन् ।
त्यसैगरि, सदस्यहरूमा नेविसंघका रोशनी कर्ण (१००८), सोनु झा (१००४), मुन्ना कुमार प्रधान (९९९), जितेन्द्र यादव (९८९), विकास कुमार साह (९८१), नविन कुसियैत यादव (९७८), दीपेन्द्र महतो (९७६) र अभिशेक शर्माले (९७०) मत ल्याएर निर्वाचित भएका छन् ।
स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना र समानुपातिकबाट १० जना निर्वाचित भएर चुनिएका छन् । राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए ।

 

सम्बन्धित खबर