LIVE
जनकपुरधाममा दिपावलीको धुमधाम | थाला परेको मधेशको अर्थतन्त्रलाई चाडपर्वले बनायो चलायमान | गाजामा आर्तनादको भयानक दृश्य,जुन एउटी नर्सले फोनमा रेकर्ड गरिन् | सिरहामा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ | राष्ट्र संघबाट इजरायललाई हटाइनुपर्छ  | हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन |

काठमाडौं । साताको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक २६ दशमलव ८५ अंक घटेर १ हजार ८८८ दशमलव २९ विन्दुमा झरेको छ ।यस दिन सेन्सेटिभ इन्डेक्स ५ दशमलव शून्य २ अंक घटेको छ । त्यस्तै फ्लोट इन्डेक्स १ दशमलव ९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ९४ अंक घटेको हो । आज २५९ धितोपत्रको ३७ लाख ५४ हजार ३३४ कित्ता ३२ हजार १६८ पटकमा रू. १ अर्ब २८ करोड बराबरको शेयर कारोबार भएको छ । आजको कारोबारमा माया खोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएको छ । यी कम्पनी केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएका हुन् ।

त्यस्तै आइतवार तीन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तीय सस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले घटेको छ ।पछिल्लो समय लघुवित्त कम्पनीहरूले प्रस्ताव गरेको आकर्षित लाभांशदर राष्ट्र बैंकले संशोधन गरेर स्वीकृत दिने गरेको छ । त्यसकारण पनि लघुवित्त कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ ।

जीवन विकास लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले दोस्रो पटक संशोधन गरी १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ । कम्पनीले पहिलो पटक २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
आइतवार मात्रै नेष्डो समृद्ध लघुवित्तले ५० प्रतिशत बोनस शेयर र २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश घोषणा गर्दा पनि शेयर मूल्य ८ दशमलव ४४ प्रतिशत घटेर रू. २ हजार २३४ मा झरेको छ । लघुवित्त समूहको परिसूचक ३ दशमलव ८५ प्रतिशत घटेको छ । धमाधम लघुवित्त कम्पनीको लाभांश संशोधन भएर आउँदा यस समूहका अधिकांश कम्पनीका शेयर मूल्य घटेको छ ।

यस दिन सर्वाधिक शेयर खरीदविक्री हुनेमा हिमालयन डिष्टिलरीको रू. ८ करोड ६२ लाख बराबरको भएको छ । यस कम्पनीको शेयर मूल्य ५२ हप्ताको न्यून विन्दु नजीक आएको छ । सोही कारण पनि बढी कारोबारमा आएको देखिन्छ । त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंकको रू. ७ करोड ९५ लाख बराबरको भएको हो ।आइतवार म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ७७ प्रतिशत घटेको छ । नेप्से परिसूचक लगातार तीन दिनमा ६० दशमलव ७६ अंक घटेको छ । नेप्से परिसूचक तीन महीनायताकै न्यून विन्दुमा झरेको छ । गत पुस ७ गते नेप्से परिसूचक १ हजार ८६७ दशमलव २१ विन्दुमा रहेकोमा त्यसपछि चैत १२ गते १ हजार ८८८ दशमलव ३० विन्दुमा झरेको हो । यसरी हेर्दा बजारप्रति लगानीकर्ता निकै निरुत्साहित भएको देखिन्छ । बजारमा विस्तारै तरलता पनि सहज हुन थालेको छ भने ब्याजदर पनि घट्दो छ र पनि लगानीकर्ताहरू बजारमा सक्रिय रूपमा लागेका छैनन् ।

सम्बन्धित खबर