LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम १३ चैत । अभिवाहक विच सहमति नमिल्दा श्री याज्ञवल्क्य संस्कृत मा.वि ज्ञानकूप जनकपुरधाम ८ धनुषामा चौथो पटक विद्यालय व्यवस्थापन समिती चयन हुन सकेन । अभिवाहक र विधालय व्यस्थापक समिती र उम्मेदवार विच सहमतिका लागि सोमवार दिउसो १ बजे देखि गहन छलफल भएपनि समिती चयन हुन नसकेको निर्वतमान व्यस्थापन समिती सदस्य उमेश साहले बताए । सोमवार जनकपुरधामको वाडा न. ८ स्थित रहेको श्री याज्ञवल्क्य संस्कृत मा.वि ज्ञानकूप जनकपुरधाम ८ मा विद्यालय, शिक्षक , अभिवाहक र शिक्षा प्रमीहरुले सहमतिमा नै समिती चयन होस भने प्रयास गरेपनि केही व्यक्तीको व्यक्तीगत स्वार्थका कारण व्यस्थापन समीती चयन हुन नसकेको साहले बताए । सोमवार चौथो पटक विद्यालय व्यस्थापन समिती चयन हुन नसक्दाँ नयाँ शैक्षिक सत्र २०८० जेष्ठमा विद्यालय व्स्थापन समिती चयनका लागी प्रक्रिया अघि लैजाने जनकपुरधाम उपमहानगरपालिका शिक्षा अधिकृत अन्जु पान्डेले बताइन् ।

सम्बन्धित खबर