LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

नवगठित मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन नसक्दा प्रधानमन्त्री दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय रहेको छ ।

नवगठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीमा पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ रहेका छन् । यस्तै, कृषि तथा पशपंक्षी विकासमन्त्रीमा डा. बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा अशोककुमार राई र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शरतसिंह भण्डारी छन् ।

यस्तै, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा महिन्द्रराय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी छन् । सञ्चारमन्त्री शर्मा, पर्यटनममन्त्री किराती र सङ्घीय मामिलामन्त्री मोदी यसअघि नै मन्त्री बनेका हुन् ।

यसैगरी  भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा प्रकाश ज्वाला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल, शहरी विकासमन्त्रीमा सीता गुरुङ छन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा सुशिला सिर्पाली ठकुरी छन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आजे पद तथा गोपनीयताको शपथ लिएका छन् ।–रासस

सम्बन्धित खबर