LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनकपुर भन्सार कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली गर्न चुनौती देखिएको छ । चालू आर्थिक वर्षको ८ महीनामा कार्यालयले वार्षिक लक्ष्यको करीब ४५ प्रतिशत मात्र राजस्व असुली गरेको छ । यही अवस्थाले चालू आर्थिक वर्षको बाँकी ४ महीनामा कार्यालयले लक्ष्यअनुसार राजस्व असुली गर्न चुनौती देखिएको हो ।

कार्यालयले चालू आर्थिक वर्षमा ४९ करोड ४४ लाख ५२ हजार रुपैयाँ असुलीको लक्ष्य पाएकोमा फागुन मसान्तसम्ममा २२ करोड ७ लाख ४४ हजार ९७५ रुपैयाँ राजस्व संकलन भएकोे कार्यालय प्रमुख केशवराज ओलीले जानकारी दिए । गतवर्ष कार्यालयले ४८ करोड ५५ लाख ९२ हजार राजस्व असुलीको लक्ष्य राखेकोमा २२ करोड ७१ लख ४३ हजार रुपैयाँमात्र राजस्व असुली भएको थियोे, जुन लक्ष्यभन्दा २५ करोड ४४ लाख ९ हजार कम हो ।

सीमा नाकामा कडाइ भए पनि रातको समयमा तस्करले भन्सार छली सामान ल्याउने गरेको पाइएको छ । मालवाहक रेल सञ्चालन नहुँदा लक्ष्यअनुसार राजस्व सुली गर्न नसकिएको कार्यालयका प्रमुख ओलीको भनाइ छ । मालवाहक रेल सञ्चालन भए राजस्व असुलीमा वद्धि हुन सक्ने उनको अनुमान छ ।

facebook sharing button
twitter sharing button

सम्बन्धित खबर