LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुर भन्सार कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली गर्न चुनौती देखिएको छ । चालू आर्थिक वर्षको ८ महीनामा कार्यालयले वार्षिक लक्ष्यको करीब ४५ प्रतिशत मात्र राजस्व असुली गरेको छ । यही अवस्थाले चालू आर्थिक वर्षको बाँकी ४ महीनामा कार्यालयले लक्ष्यअनुसार राजस्व असुली गर्न चुनौती देखिएको हो ।

कार्यालयले चालू आर्थिक वर्षमा ४९ करोड ४४ लाख ५२ हजार रुपैयाँ असुलीको लक्ष्य पाएकोमा फागुन मसान्तसम्ममा २२ करोड ७ लाख ४४ हजार ९७५ रुपैयाँ राजस्व संकलन भएकोे कार्यालय प्रमुख केशवराज ओलीले जानकारी दिए । गतवर्ष कार्यालयले ४८ करोड ५५ लाख ९२ हजार राजस्व असुलीको लक्ष्य राखेकोमा २२ करोड ७१ लख ४३ हजार रुपैयाँमात्र राजस्व असुली भएको थियोे, जुन लक्ष्यभन्दा २५ करोड ४४ लाख ९ हजार कम हो ।

सीमा नाकामा कडाइ भए पनि रातको समयमा तस्करले भन्सार छली सामान ल्याउने गरेको पाइएको छ । मालवाहक रेल सञ्चालन नहुँदा लक्ष्यअनुसार राजस्व सुली गर्न नसकिएको कार्यालयका प्रमुख ओलीको भनाइ छ । मालवाहक रेल सञ्चालन भए राजस्व असुलीमा वद्धि हुन सक्ने उनको अनुमान छ ।

facebook sharing button
twitter sharing button

सम्बन्धित खबर