LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । सरकारले बालुवा गिट्टीमा लगाएको प्रतिबन्धका कारण करोडौं लागतका आयोजनाको गति रोकिएको छ । संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामले मधेश प्रदेशको धनुषा महोत्तरी र सर्लाहीका लागि आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ५६ करोड ६९ लाख बजेट विनियोजन गरे पनि फागुनसम्म ३७ करोड २९ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको ३६ प्रतिशत हाराहारी हो ।

सरकारी भवन निर्माणका लागि ५ करोड ५० लाख बजेट रहे पनि ३२ लाख मात्र खर्च भएको एकाइका इन्जिनियर लक्ष्मण यादवको भनाइ छ । नयाँ शहर आयोजनाका लागि १३ करोड ५० लाख रुपैयाँ बजेट रहेकोमा ३ करोड ३२ लाख रुपयाँ मात्र खर्च भएको छ ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गतका आयोजनाको बजेट ९४ करोड ७४ लाख रहेकोमा ३० करोड ३९ लाख रुपैयाँ मात्र खर्च भएको छ । वस्ती विकास कार्यक्रमको २६ करोड ५० लाख रुपैयाँ बजेटमा ८० लाख खर्च भएको छ । एकीकृत स्वास्थ्य कार्यक्रमअन्र्तगत १४ करोड १० लाख बजेट रहेकोमा २ करोड ४५ लाख रुपैयाँ खर्च भएको यादवको भनाइ छ ।

उनका अनुसार आम चुनाव र बालुवा गिट्टीमा लागेको प्रतिबन्धका कारण आयोजनाहरुले गति लिन नसकेका हुन् । ९० प्रतिशत आयोजनाको ठेक्का सम्झौता भएर काम शुरू भएको उनको भनाइ छ । बाँकी १० प्रतिशत आयोजनाको टेन्डर प्रक्रिया चलिरहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर