LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम,  ।मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएका छन् ।मंगलबार उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनपछि आफूहरुले राजीनामा बुझाएको राजकुमार लेखीले बताए ।मन्त्रीहरुको राजीनामा स्वीकृतसमेत भइसकेको छ।यस्तै, मुख्यमन्त्री यादवले उपनिर्वाचनपछि कांग्रेस, नेकपा एस, लोसपालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्ने बताए।

 

सम्बन्धित खबर