LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम, ।गठबन्धनको सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम प्रति तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आपत्ति जनाएको छ ।शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने भनेकाले यसले नागरिकताको विषय अझै जालझेल, ढिलाई, अल्मलाईराख्ने र विवादस्पद बनाई राख्ने षडयन्त्र रहिरहेको आरोप लगाए ।

‘दुई दुई पटक सदनबाट पारित भएर प्रमाणिकरणका लागि तत्कालिन राष्ट्रपतिकहाँ गएपनि प्रमाणिकरण गर्ने संवैधानिक व्यवस्था रहेपनि त्यसलाई प्रमाणिकरण गरिएन् । त्यसलाई अहिले प्रमाणिकरण गर्नुको ठाउँमा सरकार मौन रही तत्कालिन तत्कालिन राष्ट्रपतिबाट संविधानको घोर उल्लघंनप्रति स्वीकारोक्ति दिनु लोकतन्त्र र विधिको शासनमाथि ठूलो प्रहार हो’, अध्यक्ष लालले भने ।

अहिलेको सरकारले राष्ट्रपतिलाई शक्तिको स्रोत र संविधानभन्दा माथिको स्थान दिँदै लैजाने घातक परम्पराको थालनी गर्न लागेकाले लोकतन्त्र विरुद्धको यस्तो गम्भीर क्रियाकलापप्रति सजग हुन संघीय संसद, लाकतन्त्रप्रति सजग समुह र विज्ञ बौद्धिक समुदायलाई ध्यानाकर्षण गराए ।

 

सम्बन्धित खबर