LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । अभिनेता शाहरुख खान भारतीय फिल्मका ठूला स्टारमध्ये एक हुन् । आफ्नो करिअरमा उनले १०० भन्दा बढी फिल्ममा काम गरेका छन् । धेरै हलिउड स्टारले पनि उनीसँग कुनै दिन सँगै काम गर्ने इच्छा जनाएका छन् । यही सन्दर्भमा शाहरुख विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् ।प्रतिष्ठित टाइम म्यागजिनले शहरुखलाई सूचीको शीर्षस्थानमा राखेको छ । चाखलाग्दो कुरा के छ भने शाहरुखले शीर्षस्थानमा रहन चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई पनि उछिनेका छन् । उनले एलन मस्क, लियोनल मेसी, मिसेल योह, सेरेना विलियम्स, मार्क जुकरबर्ग, बेयोन्सेजस्ता हस्तीलाई उछिन्दै प्रभावशाली व्यक्तिको उपाधि जितेका हुन् ।

म्यागजिनले सञ्चालन गरेको टाइम हन्ड्रेड पोलमा यो नतिजा आएको उल्लेख गरिएको छ । म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई नाइट राइडर्स ग्रुपजस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ । दिलवाले दुल्हनियाँ ले जाएँगे र कुछ कुछ होता है जस्ता फिल्मबाट शाहरुखको छवि सुपरस्टारको रुपमा स्थापित भएको टाइमले जनाएको छ ।शाहरुखको पछिल्लो फिल्म ‘पठान’ले विश्वव्यापी १३० मिलियन डलर कमाएको समेत उल्लेख छ । शाहरुखपछि टाइमको यो सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरुलाई राखिएको छ । तेस्रो र चौथो स्थानमा प्रिन्स ह्यारी र मेगन मर्केल छन् । प्रभावशाली व्यक्तिको पाँचौं स्थानमा फुटबल खेलाडी मेसी छन् ।

यो सूचीको पूर्णपाठ चाहिं अप्रिल १३ मा सार्वजनिक हुने टाइमले उल्लेख

सम्बन्धित खबर