
जनकपुरधाम । उपराष्ट्रपति रामसहाय यादवले जानकी मन्दिरमा विशेष पूजापाठ एवम् दर्शन गरेका छन् ।
सिरहामा एक कार्यक्रममा सहभागि हुने क्रममा बुद्व एयरको विमानले शनिवार जनकपुर आईपुगेका उपराष्ट्रपति यादवले जानकी मन्दिर पुगेर पूजापाठ तथा दर्शन गरेका हुन् । उपराष्ट्रपति यादवलाई मन्दिरका छोटा महन्थ रामरोशन दाससहितले स्वागत गरेका थिए ।
उपराष्ट्रपति यादवलाई स्वागत गर्न प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, प्रदेशसभा सदस्य रामअशिष यादव, जसपा नेता पशुपति यादव, बलराम महतो, पुर्व सासद उर्मिला साह लगायतकाहरु विमानस्थलमा पुगेका थिए ।
सिरहाको औहरी गाउँपालिकाको औरही अस्पताल अगाडी आईतवारदेखि सुरु हुने गायत्री महायज्ञको उद्घाटन समारोहमा सहभागि हुन उपराष्ट्रपति यादव मधेश प्रदेशमा आएका हुन् ।