LIVE
सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा |

जनकपुरधाम,  ।जनकपुरधामको न्यूरो हस्पिटल दर्ताबिना नै एकवर्षदेखि संचालनमा रहेको खुलासा भएको छ । २०७८ फागुन दोस्रो सातादेखि ५० बेडको संचालन भएको यो हस्पिटल काहीकतै दर्ता न रहेको खुलेको हो ।कम्पनी राजिष्टारबाट जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि नामको कम्पनी दर्ता गराई मात्र संचालनमा रहेको छ । संघ सरकारको स्वास्थ्य सेवा विभाग, प्रदेश सरकारको स्वास्थ्य महाशाखा र स्थानीय सरकारको स्वास्थ्य शाखामा कतै पनि यो हस्पिटल दर्ता छैन ।

न्यूरो सम्बन्धि विशिष्टिकृत हस्पिटल रहेकाले स्वास्थ्य सेवा विभागमा दर्ता रहेको हस्पिटल संचालक डा. विजय राउत दावी गर्छन् । तर स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखा अनुसार यो अस्पताल हालसम्म दर्ता भएको छैन । हस्पिटल दर्ताका लागि निवेदन दिएपनि मापदण्ड नपुगेका कारण सुचीकृत नभएको अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखा प्रमुख नरेन्द्र खनालले बताए ।
‘न्यूरो अस्पतालले दर्ताका लागि निवेदन दिएपछि हामीले दुई–तीन पटक अनुगमन समेत ग¥यौं । तर, सरकारले तोकेबमोजिमको मापदण्ड भने पूरा भएको देखिएन’, उनले भने ।न्यूरो हस्पिटलमै उपचार खर्च तिर्न नसकेपछि सबैला नगरपालिका ९ की मन्तोरिया देवी राय ३६ दिनदेखि बन्धक छन् । समाचार सार्वजनिक भएपछि विभागले २४ घण्टाभित्रमा कसको मातहतमा रहेर सञ्चालन भएको छ भन्ने लिखित जवाफ समेत मागेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । त्यहाँ कागजात माग्दा व्यवस्थापक प्रमुख सञ्जय मण्डलले कम्पनी दर्ताको मात्र प्रमाणपत्र उपलब्ध गराएका छन् । उनले अरु प्रमाणपत्र पछि उपलब्ध गराउने बताएका थिए ।

प्रशासकीय अधिकृत मिश्रले अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता भएको प्रमाणत्रसहित सञ्चालकलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको बताए । यो अस्पताल डा. विजय राउत र इन्जिनियर अजय राउतले संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।
यो हस्पिटलले उपचारको नाममा मनपरी चर्को शुल्क असुल्ने गरेको र उपचार खर्च भने अनुसार नतिर्दा बिरामीलाई बन्धक राख्ने गरेको व्यापक जनगुनासो छ ।

 

सम्बन्धित खबर