LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम,नेपालको एकमात्र कुर्था–जनकपुरधाम–जयनगर ब्रोडगेज रेलले शुक्रबारदेखि आफ्नो सेवा विस्तार गरेको छ ।

यात्रुहरूको सुविधालाई ध्यानमा राखी नयाँ वर्षको अवसर पारेर बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी सुरु गरिएको हो ।

यससँगै अब कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चारपटक सञ्चालन भएको छ । जसअनुसार बिहान सवा ७ बजे कुर्थाबाट छुटेर बिहान सवा ९ बजे जयनगर पुग्ने छ भने जयनगरबाट बिहान साढे ९ बजे छुटेर बिहान साढे ११ बजे कुर्था फर्किने छ ।

कुर्थाबाट फेरि मध्यान्ह २ बजेर ४५ मिनेटमा छुटेर ४ बजेर ४५ मिनेटमा जनयनगर पुग्ने छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किने गरी रेल्वेको समय निर्धारण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जयनगरदेखि जनकपुरधामको कुर्थासम्मको ३५ किलोमिटरमा यात्रीसहित दिनको चारपटक रेल चलाउन सुरु गरिएको उनले बताए । रेलको भाडादर यस अघि नै निर्धारण भइसकेको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो खण्डमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि महोत्तरीको विजलपुरा हुँदै बर्दिबाससम्मको गरेर कूल ७४ किलोमिटरमा रेल सञ्चालन हुने भएको छ ।

भारत सरकारको ५ अर्ब भारतीय रकममा निर्माण हुने रेल्वेको स्टेशन, रेल ट्र्याक सहितको संरचनाहरू महोत्तरीको विजलपुरासम्म तयारी भएपनि बर्दिबासमा जग्गा अधिग्रहणमा ढिलाइ भएकाले निर्माण हुन नसकेपनि अहिले जग्गा अधिग्रहणको काम भइरहेकाले चाँडै थप निर्माण हुने भएको झाले जानकारी दिए ।

सम्बन्धित खबर