LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम,नेपालको एकमात्र कुर्था–जनकपुरधाम–जयनगर ब्रोडगेज रेलले शुक्रबारदेखि आफ्नो सेवा विस्तार गरेको छ ।

यात्रुहरूको सुविधालाई ध्यानमा राखी नयाँ वर्षको अवसर पारेर बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी सुरु गरिएको हो ।

यससँगै अब कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चारपटक सञ्चालन भएको छ । जसअनुसार बिहान सवा ७ बजे कुर्थाबाट छुटेर बिहान सवा ९ बजे जयनगर पुग्ने छ भने जयनगरबाट बिहान साढे ९ बजे छुटेर बिहान साढे ११ बजे कुर्था फर्किने छ ।

कुर्थाबाट फेरि मध्यान्ह २ बजेर ४५ मिनेटमा छुटेर ४ बजेर ४५ मिनेटमा जनयनगर पुग्ने छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किने गरी रेल्वेको समय निर्धारण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जयनगरदेखि जनकपुरधामको कुर्थासम्मको ३५ किलोमिटरमा यात्रीसहित दिनको चारपटक रेल चलाउन सुरु गरिएको उनले बताए । रेलको भाडादर यस अघि नै निर्धारण भइसकेको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो खण्डमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि महोत्तरीको विजलपुरा हुँदै बर्दिबाससम्मको गरेर कूल ७४ किलोमिटरमा रेल सञ्चालन हुने भएको छ ।

भारत सरकारको ५ अर्ब भारतीय रकममा निर्माण हुने रेल्वेको स्टेशन, रेल ट्र्याक सहितको संरचनाहरू महोत्तरीको विजलपुरासम्म तयारी भएपनि बर्दिबासमा जग्गा अधिग्रहणमा ढिलाइ भएकाले निर्माण हुन नसकेपनि अहिले जग्गा अधिग्रहणको काम भइरहेकाले चाँडै थप निर्माण हुने भएको झाले जानकारी दिए ।

सम्बन्धित खबर