LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालयले प्रदेशमा रासायनिक मलको समस्या समाधान गर्न मलको लागि ५० करोड रुपैयाँ अनुदान दिने प्रस्ताव अगाडी बढाएको छ ।
मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालयले प्रदेशमा हुने रासायनिक मलको अभावलाई पुरा गर्न चालु आर्थिक वर्षमा आफ्नो मन्त्रालयको वजेट कटौति गरि किसानलाई मलमा सहजता प्रदान गर्न ५० करोड अनुदान दिने घोषणा गरेका छन् ।
प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्री बसन्त कुश्वाहाले किसानहरुले मलको अभावमा भोग्दै आएको समस्या समाधान गर्न चालु आर्थिक वर्षमा आफ्नो मन्त्रालयबाट हुन नसक्ने योजना, कार्यक्रम तथा विवास्पद वित्तरणमुखि वजेटको रमक कटौति गरि मलमा अनुदान दिने प्रस्ताव विहिवार मन्त्रिपरिषदको वैठकमा लगेको बताए । आफुले लगेको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रीहरु सकरात्मक रहेको मन्त्री कुश्वाहाले जानकारि दिए ।


मन्त्री कुश्वाहाले ५० करोड अनुदानबाट मधेश प्रदेशले थप ३० हजार मेट्रिकटन मल पाउने दावि गरे । उनले मधेश प्रदेशलाई २ लाख ५० हजार मेट्रिकटन मल चाहिएकोमा विगतमा वर्षहरुमा १ लाख १० हजार मात्रै मेट्रिकटा मल आउने गरेकोमा चालु यस वर्ष थप एक लाख मेट्रिकटनको लागि आफुले पहल गरेको उनले बताए ।
यसरि यस वर्ष मधेश प्रदेशमा २ लाख ४० हजार मेट्रिकटन मल आउने र बाँकी रहेको १० हजार मेट्रिकटनको लागि सहकारि तथा जैविक मल उत्पादन गर्ने कम्पनिहरुसँग समन्वय गरिने उनले बताए ।

 

सम्बन्धित खबर