LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

महोत्तरीमा मोटरसाइकल र बस एक–आपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ।

गौशाला नगरपालिका– १ स्थित रेल्वे पुलको करिब दुई सय मिटर उत्तरतर्फ मुख्य सडकमा गौशालाबाट बर्दिवास जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो।

बुधबार अपराह्न १२ बजे समसी–बर्दिवास–जनकपुर रुटमा चल्ने जयमाता दी ट्राभल्सको बा.३ख २३९६ नम्बरको बस र मधेस प्रदेश ०१ ००४ प ६८१९ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकलचालक सिराहा जिल्ला कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी पाँच वर्षीया अंशु मण्डलको मृत्यु भएको हो। अमृत र अंशुलाई शुभ स्वस्तिक अस्पताल बर्दिवास र अञ्जुलाई ट्रमा सेन्टर बर्दिवास लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।

शव हाल सोही अस्पतालमा रहेको र पोस्टमार्टमका लागि लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर