LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

महोत्तरीमा मोटरसाइकल र बस एक–आपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ।

गौशाला नगरपालिका– १ स्थित रेल्वे पुलको करिब दुई सय मिटर उत्तरतर्फ मुख्य सडकमा गौशालाबाट बर्दिवास जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो।

बुधबार अपराह्न १२ बजे समसी–बर्दिवास–जनकपुर रुटमा चल्ने जयमाता दी ट्राभल्सको बा.३ख २३९६ नम्बरको बस र मधेस प्रदेश ०१ ००४ प ६८१९ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकलचालक सिराहा जिल्ला कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी पाँच वर्षीया अंशु मण्डलको मृत्यु भएको हो। अमृत र अंशुलाई शुभ स्वस्तिक अस्पताल बर्दिवास र अञ्जुलाई ट्रमा सेन्टर बर्दिवास लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।

शव हाल सोही अस्पतालमा रहेको र पोस्टमार्टमका लागि लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर