LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । महालेखापरीक्षक कार्यालयको कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को पाँचौ वार्षिक प्रतिवेदन मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई हस्तान्तरण गरेको छ ।
नेपालको संविधानको धारा २४१ बमोजिम महालेखापरीक्षकको कार्यालयले प्रदेशको लेखापरीक्षण गरी संविधानको धारा २९४ को उपधारा (३) अनुसार पाँचौ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मिश्रलाई बुझाएको हो । महालेखापरीक्षकको कार्यालयले बुझाएको प्रतिवेदनमा मधेस प्रदेशको बेरुजू २.६९ प्रतिशत रहेको छ । मधेश प्रदेशका १४८ कार्यालय÷संस्थाको ४३ अर्ब १० करोड ४३ लाखको लेखापरीक्षण गरिएकोमा १ अर्ब १६ करोड ३३ लाख बेरुजु पाईएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखापरीक्षकको प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीमार्फत प्रदेशसभा तथा समितिमा बुझाइ बेरुजु घटाउने सम्बन्धमा आवश्यक छलफल हुने विश्वास व्यक्त गरे ।
नायव महालेखापरीक्षक रवीन्द्र प्रसाद देवकोटाले प्रदेशको वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सवल बनाउन अनुगमन, मूल्याङकन, जिम्मेवारी तथा जवाफदेहिता पालना गर्ने व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

 

सम्बन्धित खबर