LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

बारा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बारा २ को चुनावी सभालाई सम्बोधन गर्न बिहीबार बारा पुगेका उनले अघिल्लो राष्ट्रपतिले जस्तो अहिलेका राष्ट्रपतिले नागरिकता विधेयकमा अड्चन नल्याउने बताए । उनले सदनले विधेयक पारित गरेपछि अघिल्लो राष्ट्रपतिले रोकेको तर, अहिलेका राष्ट्रपति रोक्ने होइन फुकाउने राष्ट्रपति भएको उल्लेख गरे ।

‘योपटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन, फुकाउने राष्ट्रपति आउनुभएको छ । फुक्ने छ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन भन्दै प्रचण्डले बाराको निजगढ विमानस्थल बनाइदिने, विद्युतीय सिँचाइको व्यवस्थापन गरिदिने, गढिमाईलाई पर्यटकीय क्षेत्र बनाउन विकास कोषको स्थापना गर्ने, कोभिडले बन्द भएको भन्सार खोल्नेलगायतका सपना बाँडेका छन् ।

‘शेरबहादुरजी प्रधानमन्त्री हुँदा निजगढ विमानस्थल बन्छ बन्दैन भनेर अनुगमन गर्न आएका थियौँ । अब छिट्टै शिलान्यासको लेबलमा पुर्‍याइनेछ र निर्माण प्रक्रिया अघि बढाइनेछ । यो विश्वास दिलाउँछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गढिमाईलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय ठाउँको विकास गर्न गढिमाई विकास कोष बनाउने काम अघि बढ्नेछ । भन्सार खुल्ला गर्नेबारे आवाज उठ्यो, भन्सार खोल्ने पहल सुरु गर्नेछु । कृषि मल, बिउ, सिँचाइको समस्या समाधन गर्नेछु । अब विद्युतीय सिँचाइ प्रणाली अघि बढ्छ । यसमार्फत सिँचाइ समस्या हुन्छ । यसले विकासको नयाँ लहर सृष्टि हुनेछ ।’

सम्बन्धित खबर