LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

बारा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बारा २ को चुनावी सभालाई सम्बोधन गर्न बिहीबार बारा पुगेका उनले अघिल्लो राष्ट्रपतिले जस्तो अहिलेका राष्ट्रपतिले नागरिकता विधेयकमा अड्चन नल्याउने बताए । उनले सदनले विधेयक पारित गरेपछि अघिल्लो राष्ट्रपतिले रोकेको तर, अहिलेका राष्ट्रपति रोक्ने होइन फुकाउने राष्ट्रपति भएको उल्लेख गरे ।

‘योपटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन, फुकाउने राष्ट्रपति आउनुभएको छ । फुक्ने छ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन भन्दै प्रचण्डले बाराको निजगढ विमानस्थल बनाइदिने, विद्युतीय सिँचाइको व्यवस्थापन गरिदिने, गढिमाईलाई पर्यटकीय क्षेत्र बनाउन विकास कोषको स्थापना गर्ने, कोभिडले बन्द भएको भन्सार खोल्नेलगायतका सपना बाँडेका छन् ।

‘शेरबहादुरजी प्रधानमन्त्री हुँदा निजगढ विमानस्थल बन्छ बन्दैन भनेर अनुगमन गर्न आएका थियौँ । अब छिट्टै शिलान्यासको लेबलमा पुर्‍याइनेछ र निर्माण प्रक्रिया अघि बढाइनेछ । यो विश्वास दिलाउँछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गढिमाईलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय ठाउँको विकास गर्न गढिमाई विकास कोष बनाउने काम अघि बढ्नेछ । भन्सार खुल्ला गर्नेबारे आवाज उठ्यो, भन्सार खोल्ने पहल सुरु गर्नेछु । कृषि मल, बिउ, सिँचाइको समस्या समाधन गर्नेछु । अब विद्युतीय सिँचाइ प्रणाली अघि बढ्छ । यसमार्फत सिँचाइ समस्या हुन्छ । यसले विकासको नयाँ लहर सृष्टि हुनेछ ।’

सम्बन्धित खबर