LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संल्गन रहेको भन्दै ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार दिउँसो पत्रकार सम्मेलन गरि अनलाइन मार्फत ठगी गरेको आरोपमा ६, चोरी घटनामा २ र दाईजो नदिएको निहुँमा आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गर्ने प्रयास गरेको आरोपमा १ गरि ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अमेरिकन एपस टलविन लाईफमा मार्फत नेपालमा नेटवकिङ्ग व्यापार मात्र ठगि गरेको आरोपमा धनुषाको विदेह नगरपालिका १ बस्ने ४० वर्षीय संजिब भिनवार यादव, कमला नगरपालिका ३ बस्ने २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, वडा नं. १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, वडा नं. १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहमद जिलानी साफी रहेका छन् ।
उनीहरुले १ हजार ९१ जनाबाट प्रत्यक्ष तथा अप्रत्यक्षगरी ४९ लाख ९ हजार ५ सय ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनले भने, ‘टलविन लाइफमा खाता खोल्न ४५ सय नेपाली रुपैयाँ लिने र त्यसलाई बाईनेन एपलिशेकनको माध्यमले डरलरमा कन्र्भट गरि ३० अमेरीकी डलर लिने गरेको गर्छन,त्यसको बदलामा ग्रहाक बनाउने १५ डरल पाउने र ग्रहाक थपिएपछि प्रत्येक ग्रहाकबाट १ डरल खातामा आउने प्रलोभन दिने गरेका पाईएको छ । यो घटनाको थप अनुसन्धान भईरहेको उनले बताए । त्यसैगरि, विभिन्न घरमा चोरि गरेको आरोपमा प्रहरीले जनकपुरधाम ४ बस्ने अर्जुन कुमार साह र समिर राईनलाई पक्राउ गरेको छ ।
त्यसैगरि, जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा टोलमा बस्ने राजिव कुमार झालाई प्रहरीले पक्राउ गरेको छ । झा माथि श्रीमती श्वेता झालाई दाईजोको निहुमा आलो लगाई हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ ।

 

सम्बन्धित खबर