
बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा पुन: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् ।सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् । मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए ।