LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

काठमाडौं । बारा – २ को उपनिर्वाचनमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहा बिच कडा प्रतिस्पर्धा भएको छ ।मतगणनाको पछिल्लो मत परिणाम अनुसार यी दुई बिच मात्रै ८९ मतको मात्रै अन्तर रहेको छ।  यादवले १ हजार ३९० मत प्राप्त गर्दा कुशवाह १ हजार ३०१ मत सहित पाएका छन् छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोतम पौडेलले ६२९ मत ल्याउँदा रास्वपाका रमेश खरेलले भने जम्मा २५९ मत पाएका छन् ।
त्यस्तै चितवनमा भने रविको हग्रता कायमै छ । उनले हालसम्म गणना भएको मत मध्ये सबैभन्दा धेरै ३ हजार ६०२ मत सहित अग्रता लिइरहेका छन भने निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमालेका) रामप्रसाद न्यौपाने २ हजार ८२ मत सहीत पछ्याइरहेका छन् ।
नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले १ हजार ४९४ मत मात्रै पाएका छन् ।

यस्तै तनहुँ- १ मा रास्वपाका स्वर्णिम बाग्लेले शुरूदेखि नै अग्रता लिएका छन् । वाग्लेले १८ हजार ४६१ मत पाउँदा उनका निकटम् प्रतिद्वन्द्वी काँग्रेसका गोबिन्द भट्टराईले १० हजार ८४१ मत सहित पछ्याइ रहेका छन् । भने , एमालेका सर्वेन्द्र खनालले ६ हजार ६८ मत पाएका छन् । यो मत वाग्लेकव भन्दा तब्बरले कम हो ।

सम्बन्धित खबर