LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा तेल (Crude Oil) को भाउ घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (OPEC) र समूह बारिहका अन्य प्रमुख तेल निर्यातकर्ताहरूको समूह ओपेक प्लस (OPEC Plus) ले तेलको उत्पादन घटाएरै भए पनि तेल बजारलाई टेवा दिने सम्भावना छ । तर, लगानीकर्ताहरूलाई यसले आश्वास्त पार्न सकेन ।

विश्वको आर्थिक वृद्धिदर, ब्याजदर (Interest Rate) पुनः बढ्ने (Rate Hike) चिन्ता र इन्धनको मागको अवस्था कस्तो होला भनेर उनीहरू चिन्तित बन्दा सोमवार तेल बजार रातोमा आएको छ । लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा सोमवार बिहान अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड (Brent Crude) को भाउ प्रतिब्यारेल ४८ सेन्टले घटेर प्रतिब्यारेल ८१ डलर १८ सेन्टमा आयो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ः३० बजेतिर ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ३२ प्रतिशतको कमीसहित ८१ डलर ५८ सेन्टमा आएको थियो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (WTI) को भाउ पनि ३४ सेन्टको कमीसहित प्रतिब्यारेल ७७ डलर ३९ सेन्टमा आएको थियो । यो समाचार तयार पार्दाखेरि कमी केही घटेर डब्ल्यूटीआईको भाउ प्रतिब्यारेल ७७ डलर ७२ सेन्टमा आयो । गएको हप्ता ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको भाउ ५ प्रतिशतभन्दा धेरैले घटेकाे थियो ।

यो पाँच हप्तायताकै पहिलो साप्ताहिक कमी थियो । एक वर्षअघिको तुलनामा अमेरिकामा gasoline को माग घटेपछि विश्वको सबैभन्दा ठूलो तेल खपतकर्ता देश मन्दीमा जाने हो कि भन्ने चिन्ता बल्झिँदा तेलको भाउ पछिल्लो समय दबाबमा आएको छ । अमेरिकाको कमजोर आर्थिक तथ्यांक र ठूला प्रविधि कम्पनीहरूको निराशाजक कमाइले आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढाएको छ ।

स्थिर रहेको अमेरिकी डलर र ऋणपत्रको प्रतिफलमा भइरहेको वृद्धिदर पनि कमोडिटी बजारमा दबाब सृजना गरिरहेको छ । अमेरिकादेखि यूरोपसम्म सबै केन्द्रीय बैंकहरूले उच्च स्तरमा रहेको महँगीमाथि अंकुश लगाउन मेको पहिलो हप्तामा हुने आ–आफ्नो नीतिगत बैठकमा ब्याजदर बढाउने अनुमान गरिएको छ ।

चीन (China) विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता (Importer) हो । चीनले कोभिड नियन्त्रण गर्न लागू गरेको कठोर उपायहरू पूरै हटाएपछि पनि उसको आर्थिक पुनःबहाली भने उबडखाबड नै छ । यसले पनि तेलको माग कस्तो होला ? भन्ने आशंका बढाएको छ । एजेन्सी 

सम्बन्धित खबर