LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा तेल (Crude Oil) को भाउ घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (OPEC) र समूह बारिहका अन्य प्रमुख तेल निर्यातकर्ताहरूको समूह ओपेक प्लस (OPEC Plus) ले तेलको उत्पादन घटाएरै भए पनि तेल बजारलाई टेवा दिने सम्भावना छ । तर, लगानीकर्ताहरूलाई यसले आश्वास्त पार्न सकेन ।

विश्वको आर्थिक वृद्धिदर, ब्याजदर (Interest Rate) पुनः बढ्ने (Rate Hike) चिन्ता र इन्धनको मागको अवस्था कस्तो होला भनेर उनीहरू चिन्तित बन्दा सोमवार तेल बजार रातोमा आएको छ । लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा सोमवार बिहान अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड (Brent Crude) को भाउ प्रतिब्यारेल ४८ सेन्टले घटेर प्रतिब्यारेल ८१ डलर १८ सेन्टमा आयो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ः३० बजेतिर ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ३२ प्रतिशतको कमीसहित ८१ डलर ५८ सेन्टमा आएको थियो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (WTI) को भाउ पनि ३४ सेन्टको कमीसहित प्रतिब्यारेल ७७ डलर ३९ सेन्टमा आएको थियो । यो समाचार तयार पार्दाखेरि कमी केही घटेर डब्ल्यूटीआईको भाउ प्रतिब्यारेल ७७ डलर ७२ सेन्टमा आयो । गएको हप्ता ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको भाउ ५ प्रतिशतभन्दा धेरैले घटेकाे थियो ।

यो पाँच हप्तायताकै पहिलो साप्ताहिक कमी थियो । एक वर्षअघिको तुलनामा अमेरिकामा gasoline को माग घटेपछि विश्वको सबैभन्दा ठूलो तेल खपतकर्ता देश मन्दीमा जाने हो कि भन्ने चिन्ता बल्झिँदा तेलको भाउ पछिल्लो समय दबाबमा आएको छ । अमेरिकाको कमजोर आर्थिक तथ्यांक र ठूला प्रविधि कम्पनीहरूको निराशाजक कमाइले आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढाएको छ ।

स्थिर रहेको अमेरिकी डलर र ऋणपत्रको प्रतिफलमा भइरहेको वृद्धिदर पनि कमोडिटी बजारमा दबाब सृजना गरिरहेको छ । अमेरिकादेखि यूरोपसम्म सबै केन्द्रीय बैंकहरूले उच्च स्तरमा रहेको महँगीमाथि अंकुश लगाउन मेको पहिलो हप्तामा हुने आ–आफ्नो नीतिगत बैठकमा ब्याजदर बढाउने अनुमान गरिएको छ ।

चीन (China) विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता (Importer) हो । चीनले कोभिड नियन्त्रण गर्न लागू गरेको कठोर उपायहरू पूरै हटाएपछि पनि उसको आर्थिक पुनःबहाली भने उबडखाबड नै छ । यसले पनि तेलको माग कस्तो होला ? भन्ने आशंका बढाएको छ । एजेन्सी 

सम्बन्धित खबर