LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । प्रभु बैंकको जनकपुरधाम शाखाले जानकी नवमीको अवसर पारेर जानकी मन्दिर, राम मन्दिर र राजदेवि मन्दिरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
सो शाखाको प्रबन्धक अशोक कुमार साहको नेतृत्वका गएको बैंकका कर्मचारिहरुको टोलीले मंगलवार विहान ऐतिहासिक जानकी मन्दिर, राम मन्दिर र राजदेवि मन्दिरको सरसफाई गरेको हो । बैंकका कर्मचारिहरुले मन्दिरका परिसरका सरसफाई गरेका हुन् । समाजिक दायित्व अन्तर्गत सरसफाई, वृक्षा रोपन, रक्तदानसहितका कार्यक्रमहरु आफुहरुले पटक पटक गर्दै आएको बताउदै प्रबन्धक साहले केहि दिनपछि मनाईने जानकी नवमीलाई मध्यनजर गरि सरसफाईको आयोजना गरेको बताए । उनले यस्ता कार्यक्रमलाई आफुहरु निरन्तता दिदै आएको बताए ।
जानकी नवमीका वाहिरबाट लाखौको संख्यामा श्रद्र्धालुभक्तजन, पर्यटकहरु आउने भएकोले जनकपुरधाम प्रति नकारात्मक सन्देश नजाओस भनेर जनकपुरधाम उपमहानगरपालिकासँग समन्वय गरि उक्त कार्यक्रमको आयोजना गरेको उनको भनाई छ । सरसफाई कार्यक्रममा जनकपुरधामका मेयर मनोज कुमार साह, समाजसेवि रामप्रसाद पजियार, महोत्तरि र धनुषामा रहेका प्रभु बैंकका विभिन्न शाखाका कर्मचारिहरु सरसफाई कार्यक्रममा सहभागि भएको थियो ।

 

सम्बन्धित खबर