LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । प्रभु बैंकको जनकपुरधाम शाखाले जानकी नवमीको अवसर पारेर जानकी मन्दिर, राम मन्दिर र राजदेवि मन्दिरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
सो शाखाको प्रबन्धक अशोक कुमार साहको नेतृत्वका गएको बैंकका कर्मचारिहरुको टोलीले मंगलवार विहान ऐतिहासिक जानकी मन्दिर, राम मन्दिर र राजदेवि मन्दिरको सरसफाई गरेको हो । बैंकका कर्मचारिहरुले मन्दिरका परिसरका सरसफाई गरेका हुन् । समाजिक दायित्व अन्तर्गत सरसफाई, वृक्षा रोपन, रक्तदानसहितका कार्यक्रमहरु आफुहरुले पटक पटक गर्दै आएको बताउदै प्रबन्धक साहले केहि दिनपछि मनाईने जानकी नवमीलाई मध्यनजर गरि सरसफाईको आयोजना गरेको बताए । उनले यस्ता कार्यक्रमलाई आफुहरु निरन्तता दिदै आएको बताए ।
जानकी नवमीका वाहिरबाट लाखौको संख्यामा श्रद्र्धालुभक्तजन, पर्यटकहरु आउने भएकोले जनकपुरधाम प्रति नकारात्मक सन्देश नजाओस भनेर जनकपुरधाम उपमहानगरपालिकासँग समन्वय गरि उक्त कार्यक्रमको आयोजना गरेको उनको भनाई छ । सरसफाई कार्यक्रममा जनकपुरधामका मेयर मनोज कुमार साह, समाजसेवि रामप्रसाद पजियार, महोत्तरि र धनुषामा रहेका प्रभु बैंकका विभिन्न शाखाका कर्मचारिहरु सरसफाई कार्यक्रममा सहभागि भएको थियो ।

 

सम्बन्धित खबर