
जनकपुरधाम । धनुषा प्रहरीले एक महिलालाई झण्डै ८ लाख नक्कली नोट सहित पक्राउ गरेको छ । प्रहरीले महिलालाई जनकपुरधामबाट ७ लाख ७१ हजार नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका– ६ की २५ वर्षीया अनुकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारि दिए । प्रहरी पक्राउ परेको महिलाको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ ।