LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

काठमाडौं । देशकै जेठो वीर अस्पतालको दक्षिणतर्फको भवनको दोस्रो तलामा उक्लनेबित्तिकै दाहिनेतर्फ ‘भीआइपी/भीभीआईपी क्याबिन’ पुगिन्छ ।राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत संवैधानिक अंगका प्रमुखलाई उपलब्ध हुने भीभीआईपी क्याबिनमा बेड साइड मनिटर, सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, भेन्टिलेटर, सिटी स्क्यान, एमआरआई, डिफिब्रिलेटर लगायत आपतकालीन उपचारका उपकरण यहाँ छन् । उपचारका लागि विषेशज्ञसहित मेडिकल टिम र सफाइ कर्मचारीलाई पनि तयारी अवस्थामा राखिएको हुन्छ ।

अरु सुविधा पनि पाँच तारे होटलको जस्तै छ । भित्तामा वालपेपर टाँसिएको छ, सुविधाजनक बेड, सोफा, एयर कन्डिसन, एटेज बाथरुम, चित्ताकर्षक बत्ती र पर्दाहरू छन् । यसबाहेक आगन्तुकसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने छुट्टै सुविधाजनक ठाउँ र भान्साकोठा पनि छ ।२०३५ सालदेखि सञ्चालनमा आएको यो भीभीआईपी कक्षमा २०४६ सालयता कोही भर्ना भएका छैनन् । भीआईपी कक्षमा यदाकता नेताहरु जाने गरेपनि बहुदल र लोकतन्त्रकालमा भीभीआईपी कक्षमा उच्च पदस्थहरुले उपचार लिएका छैनन् । कुनै समय राजपरिवारका सदस्यहरुले प्रयोग गर्ने यो भीभीआईपी क्याबिन जस्तै कक्षको भित्तामा झुन्डाइएको भित्ते घडी पनि बर्षौंदेखि बन्द छ ।
धुलोबाट जोगाउन प्लास्टिकले छोपिएका उपकरण तथा बेड सात–सात दिनमा पुछपाछ गरिन्छ । भीभीआईपी कक्षकी नसिङ इञ्चार्ज सीता घिमिरे गुणस्तरीय तथा सुविधायुक्त उपचार कक्ष प्रयोग गर्न नचाहनुको कारण अहिलेसम्म बुझ्न नसकिएको बताउँछिन् ।
वीर अस्पतालको भीभीआईपी कक्षमा रहेको बैठक कोठा ।उनले बुझ्न नसकेको हो वा नचाहेको हो तर कुरा सिधा छ– भीभीआईपीहरु बिरामी परेका बेला उपचार गर्न वीर अस्पतालको साटो विदेशतिर जान्छन् । यसले एकातिर वीरमा गरिएको लगानी व्यर्थ भइरहेको छ भने अर्कातिर त्यही सेवाका लागि राज्यकोषबाट वर्षेनी करोडौं रूपैयाँ विदेशिरहेको छ ।
नेपालमा उपचार सम्भव नभएको अवस्थामा विदेश जानुलाई अन्यथा भन्न मिल्दैन । तर, नेपालकै अस्पतालमा उपचार हुने रोगको लागि पनि विदेश जाने क्रम बढिरहेको छ । पछिल्लो उदाहरण हुन राष्ट्रपति रामचन्द्र पौडेल ।

सम्बन्धित खबर