
उपेन्द्रको जीतसँगै मधेशको सत्ता समिकरणमा फेरिने तयारी
जनकपुरधाम । जसपा र जनमतले प्रतिष्ठाको विषय बनाएको बारा २ को उपचुनावको नजिता सार्वजनिक भएसँगै अव मधेश प्रदेशको सत्ता समिकरण के हुन्छ ? भनेर नेपालको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।
बारा २ को उपचुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत बीचको प्रतिष्ठाको लडाईमा यादवले बाजी मारेका छन् । पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, लोसपाको सहयोगमा जसपाका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहालाई पराजित गरेको छ । गत मंसिरमा चुनाव अध्यक्ष यादवलाई सप्तरी २ मा पराजित गरेका जनमत पार्टीका अध्यक्ष सिके राउतले यो निर्वाचनमा पनि यादवलाई पराजित गर्न सम्पुर्ण ताकत लगाएका थिए । तर राजनीतिकको पुरानो र चर्तुर खेलाडि यादवको ताकतको अगाडी राउतको दम्भ टिक्न सकेनन्् । तर उनी पराज्यको स्वीकार गर्दै समाजिक सञ्जाल मार्फत अध्यक्ष यादवलाई बधाई पनि दिएका छन् ।
अहिले जनता समाजवादी पार्टी(जसपा)को नेतृत्वमा मधेश प्रदेशमा सरकार छ । दुई मन्त्रालय लिएर जनमत मधेश प्रदेशका सत्ता साझेदार दल रहेको छ । नेकपा एमाले सहतिको सत्ता गठबन्धन तयार हुदाँ जनमत पनि उक्त गठबन्धनमा सहभागि भई माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार सहभागि भएका थिए । सोही गठबन्धन अनुसार मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने गरि सरकार गठन भएको थियो । तर पछि सो गठबन्धनबाट एमाले आउट भई काँग्रेसहित दलको समर्थनमा प्रचण्डले पुन सरकार गठन गरेपनि मधेश प्रदेश सरकार लामो समय सम्म यथावत नै रहियो । आर्थात एमाले केन्द्रिय सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि मधेश प्रदेश सरकारको सत्तामै रहे ।
पछि बाराको उप निर्वाचनमा एमालेको तर्फबाट पुरुपोष्तम पौडेल उम्मेदवारि दर्ता गराएपछि मात्रै उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री सरोज कुमार यादवले एमालेका मन्त्रीहरुलाई सरकार छोड भनेपछि उनीहरु राजिनामा दिएर सरकारबाट वाहिर भए । प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणमा सरकार विस्तार गर्दा आफुले इच्छा अनुसारको मन्त्रालय नपाएपछि जनमतले पनि संघिय सरकारमा रहेका तत्कालिन आफ्ना मन्त्रि अब्दुल खानलाई फिर्ता बोलाए । जनमतले सरकार छोडेपनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको छैन । सो हिसाबले जनमतले आफ्नो दल केन्द्रिय सत्तारुढ गठबन्धनमा रहेको बताउदै आएको छ ।
जनमतले सत्तारुढ गठबन्धन दलमा रहेको दावि गरेपनि उपराष्ट्रपति निर्वाचन र बारा २ को उपनिर्वाचनमा गठबन्धनबाट अलग भई दुवै निर्वाचनमा आफ्ना उम्मेदवार खडा गरेको छ । बाराको उपचुनावको मतपरिणाम जसपाको पक्षमा आएपछि जसपाको अगामि कदम के होला ? वा जनमतले अव के गर्छन ? सबैको लागि चासोको विषय बनेको छ । कारण बाराको उप चुनावमा जसपालाई सघाउने दलहरु नेपाली काँग्रेस, लोसपा र नेकपा एस अहिलेपनि मधेश सरकारबाट बाहिर नै रहेको छ । पाँच दलीय सहमति अनुसार ति दलहरुलाई सरकारमा सहभागि गराउन जसपा वाध्यातमक अवस्थामा रहेको छ ।
अहिले प्रदेश सरकारमा जसपा मुख्यमन्त्री सहित ४, माओवादी केन्द्र १ र जनमत पार्टी २ वटा मन्त्रालय पाएको छ । यस अघि एमालेले ४ वटा मन्त्रालय पाएको थियो । एमालेले पाएको ४ मन्त्रालय काँग्रेसले पाएको खण्डमा लोसपा र नेकपा एसलाई दिने जसपासँग खाली मन्त्रालयहरु छैन । यस्तोमा जसपाले सरकार कसरी पुनः गठन गर्ने विषयको विभिन्न आंकलन हुन थालेको छ ।
जसपाका प्रवक्ता तथा मधेश प्रदेशका सासद मनिष सुमनले जसपासँग टकरावका राजनीतिक गर्ने जनमतलाई बारामा पराजित भएसँगै नैतिकताको अधारमा मधेश सरकार छोडनुपर्ने बताए । ‘भर्खर जन्मेको पार्टीले मधेशको एजेण्डा, राजनीतिक संस्कार बिस्रेर जुन हिसाबले जसपा विरुद्ध खनिएको हो, त्यसको हिसाबले जनमतले राजिनमा दिएर सरकारबाट वाहिर हुनुपर्ने हो,’ उनले भने । उपराष्ट्रपतिको निर्वाचनदेखि बाराको २ को उपचुनाव सम्म जनमतको रवैया अलोकतान्त्रिक र राजनीतिक संस्कार विपरित देखिएको सुमनले भने,‘ तर बाराका जनताले सो हैसियत अहिले पनि के छ भनेर देखाई दियो । त्यसकारण नैतिकताको हिसाबले जनमतले सरकार छोडदिनुपर्ने हो ।’ जनमतले सरकार नछोडेको खण्डमा मुख्यमन्त्री यादवले उनीहरुसँग दुई÷तीन दिनमै राजिनामा माग्ने उनले बताए ।
उनले जनमतलाई वाहिर निकालेर काँग्रेस, लोसपा र नेकपा एसलाई सहभागि गराउने तयारी भईरहेको बताए ।
यता, जनमत पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता तथा मन्त्री महेश प्रसाद यादवले जनमतले जसपाको कृपयाले सरकारमा नरहेको र केन्द्रिय गठबन्धन अनुसार आफुहरु अहिले सरकारमा सहभागि रहेको बताए । आफुहरु सत्ताको लोभि नरहेको बताउदै उनले भने,‘ केन्द्रिय गठबन्धन अनुसार यो सरकार बनेको हो । केन्द्रिय गठबन्धनको जुन निर्णय हुन्छ, त्यसलाई जनमतले आत्मसाथ गरेर अगाडी बढ्छ ।’ निर्वाचनमा दलहरु बीच प्रतिस्पर्धा भएको हो, यो लोकतन्त्रको सुन्दर पक्ष हो, तर त्यसलाई कसैले नकरात्मक रुपमाले लिन्छ उसको सोच होला ।’
काँग्रेसले पाउलाँ त मधेश प्रदेश सरकारको नेतृत्व ?
बाराको २ उप निर्वाचन ताका काँग्रेसलाई मधेश प्रदेशको नेतृत्व दिएको खण्डमा मात्रै जसपाका अध्यक्ष यादवलाई पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा चलेको थियो ।नेपाली काँग्रेसका मधेश केन्द्रित नेताहरुले त्यसको ठुलो जोड दिएको थियो । तर केन्द्रमा ति पाँच दल बीच मधेश सरकारको विषयमा त्यतिवेला के निर्णय भएको थियो त्यो सार्वजनिक गरिन । मात्रै उपेन्द्र यादवलाई चुनावमा पुर्ण रुपमा सहयोग गर्ने निर्णय मात्रै वाहिर आएयो ।
काँग्रेसका एक प्रदेश सासदका अनुसार मधेश सरकार नेतृत्व दिने आश्वासन दिएपछि मात्रै काँग्रेसले जसपालाई बाराको उपचुनावमा सहयोग गरेको दावि गरे । ति सासदको दावि चुनावकै क्रममा जसपा अध्यक्ष यादवले खारेज गरिदिए । उनले मधेश सरकार नेतृत्व परिवर्तनको विषयमा तत्काल गठबन्धन भित्र त्यस्तो कुनै कुरा नभएको बताएका थिए ।
काँग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश सरकारको नेतृत्वमा आफुहरुको दावि रहेको बताए । बाराको उप निर्वाचनको क्रममा यो विषयमा गबठन्धन बीच दल भएपनि त्यसविषयमा के निर्णय भयो भने विषय शिर्ष नेताहरुले सार्वजनिक नगरेको उल्लेख गर्दै उनले भने,‘ तर ठुलो दलको हैसियतले र बारामा पार्टीले गरेको त्यागलाई मध्यनजर गर्दै जसपाले काँग्रेसलाई सरकारको नेतृत्व दिनुपर्ने हुन्छ ।’ मुख्यमन्त्रीको दौडमा रहेका यादव काठमाण्डौबाट टेलिफोनमा भने,‘ म सरकार कै विषयको लागि अहिले शिर्ष नेताहरुसँग छलफल गर्न काठमाण्डौ आएको छु, २÷३ दिनमा गठबन्धन दलको वैठक बसेर मात्रै यो विषय कुनै निर्णय हुने छ ।’
यता, जसपाका प्रक्वता सुमनले अहिले प्रदेश सरकारको नेतृत्व जसपाले नै गर्ने दावि गरे । काँग्रेसको माग स्वाभाविक भएपनि तत्काल जसपाले कुनैपनि हालतमा सरकारको नेतृत्व काँग्रेसलाई दिदैन, उनले भने,‘ काँग्रेससँग आलोपालो नेतृत्व गर्न सकिन्छ । तर अहिले पहिलो जसपाले नै पाउनुपर्छ ।’
उपेन्द्रलाई गृहमन्त्रीको जिम्मेवारि दिनुपर्ने जसपा भित्र दवाव
उपचुनाव माध्यले संसद भित्र छिरेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान तथा गृहमन्त्री सहितको जिम्मेवारि दिनुपर्ने जसपा भित्र माग भएको छ ।
जसपाका एक नेताले भने,‘ उपचुनाव बाटै भएपनि उपेन्द्र जी संसदमा छिर्नुभयो । त्यसकारण उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारि दिनुपर्छ भनेर पार्टी भित्र छलफल भईरहेको छ ।’
उपप्रधानमन्त्री नदिएको खण्डमा जसपाले संघिय सरकारमा नजाने र मधेश प्रदेश सरकारमा पुनः एमालेको सहयोगमा सरकारलाई निरन्तरता दिन सक्ने अन्तरिक तयारी समेत भईरहेको उनले बताए । एमालेले प्रदेश सरकारबाट हटेपनि अहिले समम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।