LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन तथा चिप निर्माता कम्पनी सामसुङको मुनाफामा उच्च कमी आएको छ । यस वर्षको जनवरी–मार्च त्रैमासमा कम्पनीले ६ खर्ब ४० अर्ब वन सञ्चालन मुनाफा (operating profit) गरेको छ । मुनाफाको यो आकार एक वर्षअघिको भन्दा ९५ प्रतिशत कम हो । त्यतिबेला कम्पनीको सञ्चालन मुनाफा १४१ खर्ब २० वन थियो ।

मुनाफाको यो आकार १४ वर्षको कुनै पनि त्रैमासमध्ये सबैभन्दा कम हो । समीक्षा अवधिमा कम्पनीको कमाइ १८ प्रतिशतले घटेर ६३७ खर्ब वनमा झरेको छ ।समीक्षा अवधिमा कम्पनीको चिप विभागले ४५ खर्ब ८० अर्ब वन नाफा कमाएको छ । एक वर्षअघि सो विभागले ८४ खर्ब ५० अर्ब वन नाफा कमाएको थियो ।

महँगी अकासिएसँगै विश्वभरबाट ग्राहक तथा उपभोक्ताहरूले आफ्नो खरिदारीमा धमाधम कटौती गरिरहेका छन् । जसले गर्दा स्मार्टफोन, पर्सनल कम्प्युटर आदिको विक्री घटेको छ । यसका कारण अघिल्लो ९ महीनाको अवधिमा चिपको मूल्य ७० प्रतिशतले घटेको छ । कम्पनीले यो महीनाको शुरुमा चिपको उत्पादन घटाउने निर्णय गरेको थियो ।

कम्पनीका अन्य प्रतिस्पर्धीहरूले पनि यस्तै खालका निर्णयहरू गरेका थिए । यसले चिपको भाउमा सुधार ल्याउन केही मद्दत गर्न विश्लेषण गरिएको छ । तर, चिपको प्रयोग बढाउने उपकरणको मागमा उल्लेख्य सुधार नआएसम्म सामसङको लागि चालु त्रैमास पनि पहिलो जस्तै हुने विश्लेषकहरू बताउँछन् ।

यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा भने कम्पनीको चिप विक्री सुध्रिने आशा सामसङले गरेको छ ।

चिप एकाईमा कीर्तिमानी घाटा भए पनि पहिलो त्रैमासमा सामसङले पूँजीगत खर्च (capital expenditure) मा १०७ खर्ब वन खर्च गरेको छ । यो अहिलेसम्म कुनै पनि वर्षको पहिलो त्रैमासमा भएको सबैभन्दा धेरै खर्च हो । योमध्ये ९८ खर्ब वन त कम्पनीले चिपमै खर्च गरेको छ । पछिल्लो समय कम्पनीले अमेरिका र दक्षिण कोरियाका केही कारखानामा चिपको उत्पादन बढाएको छ ।

कम्पनीले यो वर्ष पनि चिप उत्पादनमा गएको वर्षकै हाराहारीमा खर्च गर्ने बताइएको छ । चिप व्यवसाय घाटामा गए पनि पहिलो त्रैमासमा सामसङको मोबाइल व्यवसायले भने ३९ खर्ब ४० अर्ब वन खुद नाफा कमाएको छ । एक वर्षअघि नाफाको आकार ३८ खर्ब २० अर्ब वन थियो । कम्पनीले अहिले विक्रीभन्दा पनि नाफामा बढी ध्यान दिइरहेको काउन्टरप्वाइन्टका वरिष्ठ विश्लेषक जिन पार्कले बताएका छन् । एजेन्सी

 

facebook sharing button

सम्बन्धित खबर